लामिछानेको टिमले मुम्बई इण्डियन्सलाई ११ रनले पराजित

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ ७, २०७५

काठमाडौं, जेठ ७ । इन्डियन प्रिमियर लिग ‘ आईपीएल’ मा दिल्ली डेयरडेभिल्सले जीत हासिल गरेको छ ।

लामिछानेले खेलेको उक्त टिमले मुम्बई इण्डियन्सलाई ११ रनले पराजित गरेको छ ।

१० औं ओभरमा आफ्नो व्यक्तिगत दोस्रो ओभर बलिङमा आएका सन्दिपले पहिलो बलमा किरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई आउट गरेका हुन् । त्यसपछिका ओभरमा भने उनले विकेट लिन सकेनन् ।

पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाउँदै मुम्बईलाई १७५ को लक्ष्य दिएको थियो । तर मुम्बईले अन्तिम ३ बल खेल्नु अघि सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो ।

पहिलो ओभरमा नै बलिङ गर्न आएका सन्दिपले सूर्यकुमार यादवलाई आउट गरेका थिए ।