चेल्सीले जित्यो एफएफ कपको उपाधी

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ ६, २०७५

काठमाडौं, जेठ ६। एफए कपको उपाधी चेल्सीले जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै चेल्सीले उपाधि उचाले

म्यानचेस्टरले चेल्सीको पोस्टमा केही उत्कृष्ट प्रहार गरे पनि गोल रक्षकले बचाउ गरेका थिए । अन्ततः म्यानेचस्टर हार्न बाध्य भयो । यो हारसँगै उ यस सिजनमा उपाधीविहीन भएको छ ।

२२ औं मिनेटमा पाएको पेनाल्टीलाई इडान हाजार्डले गोलमा परिणत गरे । यही गोल नै उपाधिको लागि पर्याप्त भयो ।

म्यानचेस्टर युनाइटेडका लागि एलेक्सिस सान्चेजले गरेको गोल अफसाइड भएकाले मान्यता पाएन । रेफ्री माइकल ओलिभरले भीएआरको प्रयोग गरी गोलको मान्यता नदिने निर्णय लिएका थिए ।