धादिङ गजुरी जेष्ठ ६ । दक्षिण धादिङको गजुरी गाउपालिकाको वडा नं. ४ चिउरी खर्कमा रहेको जलकन्या आधारभुत बिद्यालय र धर्मेचौर रहेको जलदेवी आधारभुत बिद्यालयको नयाँ भवन निमार्ण गरिएको छ ।
धादिङको स्वाथ्य र शिक्षा क्षेत्रमा हातेमालो गर्दै आएको प्रयास नेपाल धादिङ र यु.यम.एन.को सहयोगमा पछिल्लो पटक यी विद्यालय भवन निमार्ण कार्य सम्पन्न भएको हो ।
सय जना भन्दा चेपाङ र दलित विद्यार्थीहरु अध्ययन गर्दै आएका यी विद्यालयमा यस अघि कक्षा कोठा थिएन ।
शनिबार आयोजित विद्यालय भवन हस्तान्तरण कार्यक्रममा प्रमुख अथिति गजुरी गापा अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले गाउँपालिकाको विकासमा गैर सरकारी संस्थाहरुको महत्वपूर्ण भुमिका रहेको बताएका थिए ।
कुल २५ लाख लागतमा बनेको २ कोठे बाल मैत्रीपूर्ण बसाई व्यवस्थापन सहित । ३ कोठे बाल, अपांग मैत्रीपूर्ण शौचालय र बाल मैत्री खानेपानी धारा कक्षा कक्षामा पिउने पानीको लागि फिल्टर लगायत हस्तान्तरण गरिएको थियो ।