काठमाडौं, जेठ २। रसिया विश्वकप सुरु हुन २७ दिन मात्र बाँकी छ । यस्तोमा बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले त्यसभन्दा परको अवस्थाबारे आँकलन गरेका छन् ।
बार्सिलोनाबाट गएको सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएससी) गएका स्ट्राइकर नेमार स्पेनिस क्लब रियल मड्रिड आउने हल्ला चलिरहेका बेला उनी मड्रिड आए भयानक हुने बताएका हुन् ।
‘नेमार रियल मड्रिड आए भने मड्रिड राम्रो हुुनेछ । मैले उसँग कुरा गर्दा उसले यो कुरा बुझेको छ’ उनले भने ।
‘बार्सिलोनाबाट नेमारले च्याम्पियन्स लिग, ला लिगा लगायत अन्य महत्वपूर्ण उपाधिहरु जितेका छन् । यसैले यो सबैका लागि एक कठिन झड्का हुनेछ ।’
यो एकदमै भयानक अवस्था हुनेछ, किनभने नेमार बार्सिलोनाका लागि ठूलो महत्व राख्छन्’ टीवाईसी स्पोर्टस् च्यानलको कार्यक्रम लिबेरोमा उनले भने ।