ओखर कडा फल हो । यसको सेवनले मानव स्वास्थ्यमा अति नै फाईदा गर्छ । नेपाली समाजमा धार्मिक रुपमा पनि महत्व राख्ने ओखरमा विभिन्न पोषक तत्वहरु पाईन्छन् । ओखर खाँदा हामीलाई विभिन्न कुराहरुमा फाईदा पुग्दछ ।
हृदय रोगको लागि
ओखरमा अत्यधिक मात्रामा ओमेगा–३ हुन्छ । यसले कार्डियोस्कुलर सिस्टमको लागि अति नै फाईदा गर्छ । हर दिन ओखरको सेवन गर्दा शरिरमा रगतको मात्रा बढाउँछ ।
मष्तिष्क स्वस्थ राख्छ
ओखरको भित्री भागको आकार नै गिदी जस्तो हुन्छ । यसले हाम्रो दिमाग बढाउनुका साथै शरिर पनि सस्थ राख्न सहयोग गर्छ ।
स्तन क्यान्सरको खतराबाट मुक्त
ओखरको सेवनबाट स्तन क्यान्सर हुने सम्भावना निकै कम भएर जान्छ । त्यसैले ओखरको नियमित सेवन गर्नु लाभकारी छ ।
निद्रा र तनावबाट मुक्ति
ओखरमा मेलाटोनिन भन्न तत्व हुन्छ । यसले निद लगाउने काम गर्छ । साथै रक्त सञ्चार नियमित गराउँछ । त्यसैले निद्रा र तनावबाट मुक्ति पाउन पनि ओखरको सेवन गर्दा अत्यान्तै लाभदाई हुन्छ ।
गर्भावस्थाको लागि
ओखरमा हुने भिटामिन बी कम्प्लेक्सको सार्थ थियामाईन, राईबोफ्लेविन फोलेट आदि तत्वहरु पाईन्छ । जुन गर्भवती महिलाको लागि अति नै जरुरी छ ।
कब्जियतको लागि
ओखरमा पर्याप्त मात्रामा फाईबर पनि पाईन्छ । यसले पाचन शक्ति सुचारु गराउँछ र कब्जियत हुन दिँदैन ।
तौल घटाउँछ
ओखरको नियमित सेवनले शरिरको तौल घटाउन सहयोग पु¥याउछ ।
चाउरीपन हटाउँछ
ओखरको सेवनले अनुहारको चाउरीपन हटाउँछ । यसमा भिटामिन बी भिटामिन इ तथा एन्टीअक्सिडेन्ट लगायतका तत्वहरु हुन्छ । यसले अनुहारको चाउरीपना हटाउनुका साथै त्वचा सुन्दर र मुलायम बनाउँछ । त्यति मात्र होईन ओखरको तेलले नियमित मालिस गर्दा आँखा छेउको कालो घेरा समेत हटेर जान्छ ।
कपाल लामो र दरो बनाउँछ
ओखरमा पाईने पोटासियम, ओमेगा ३, ओमेगा ६, ओमेगा ९ लगायतका तत्वहरु पाइन्छ । यसले कपाल स्वस्थ राख्नुका साथै बलियो र लामो बनाउँछ । कपाल रुखो छ भने ओखरको तेल प्रयोगले मुलायम बनाउँछ ।