धादिङबेसी देखि काठमाडौ सम्म सँगै सिटमा बस्ने उनी

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ३०, २०७५

काठमाण्डु, काठमाण्डु, काठमाण्डु, भन्दै गाडिको सहचालक कराइरहेको थियो । धादिङबेसी बीचबजार चोकैमा रोकिएको ग्रामिण यातायातको बस । मान्छेहरु चड्दै थिए ।

घडीले दिउसोको १२ बजाइसकेको थियो । गाउँबाट गाडीमा आउँछु भनेर बसेको थिए तर कति बेला गएछ पत्तै भएन । र एक्लै हिड्दै आएको थिए धादिङबेसीसम्म । सोच्दै थिए । केही बेर बसौ कि ,, गैहालौ ।

मन त थियो +2 पढ्दाका साथिहरुलार्इ भेटौ तर धादिङबेसीको पट्यार लाग्दो गर्मीले नबस भन्दै थियो । टिकट काउन्टरमा खासै भिड थिएन । टिकट काटे र म गाडी भए ठाउँमा गए ।

जाने बेला भयो दार्इ चढ्नुस । सहचालकले भन्यो । प्राय गाडिका सहचालकहरु 14/15 बर्सका नै छन । म गाडीमा चढे B को ६ नम्बर सिट । सिट माथी झोला राखे र झ्यालपट्टी बसे ।

गाडी भित्र खप्नै नसक्ने गर्मी थियो । बसेको छ मिनेट पछि गाडी गुड्यो । गाडी गुडेपछी ठूलो राहत भयो । हावा आयो सितल भयो । गाडी पुछार बजार पुग्यो । रोकियो पिपल बोटको फेदमा ।

अघि देखि रोकिएको गाडी हिड्यो पुछार बजारबाट । म बसेको सिट बीच बजार देखि नै खाली थियो । हुन त पछाडिका केही सिटहरु पनि खाली थिए । अब बिच बजारबाट अर्को गाडी नआएइ हामी चडेको गाडी जाने वाला छैन।

केहि बेरमा एउटी भर्खरकि केटि गाडीमा चडी । उस्को अनुहार नै गोरो हो कि ज्यादा मेकअप । हल्का लालि लगाएकी , गाजले झन आकर्षक देखिन्थे उस्का आँखा, लामो कपाल बाधेकी थिइ र त्यो कपाल बाधेको ठाउँमा एउटा फुल सिहुरेकी थिइ ।

त्यो फुलले झनै राम्री देखिएकी थिइ उ । एक मनले सोच्दै थियो । उ यहि सिटमा बस्न आ-ओस । उ भने हातको टिकट हेरि र आफ्नो सिट खोज्न थाली ।

धेरै कुरा संयोगले मात्रै जुर्छन । उस्को टिकट मै बसेको खाली सिटको रहेछ । उ आएर बसि । म हेरिरहे । नजिक आउँदा उ झनै राम्री लागि । केहिबेरमा बिच बजारबाट गाडी आयो ।

हामी बसेको गाडी अघि बढ्यो । बिच बजारबाट खाली रहेका सिट लगभग भरिसकेका थिए । मनले अनेक कुरा खेलाउन थाल्यो । के भनेर बोल्ने होला सोच्दा सोच्दै गाडी ससाह कट्यो । अझै म सङ्ग बोलाउन सक्ने हिम्मत आएन ।

यतिबेला गाडी कालिदह आइपुगिसकेको थियो । म झ्याल पट्टि चै थिए । उ छेउमा । म सङ्ग बोल्ने हिम्मत नभैरहेको बेला उस्ले नै बोली यति मात्रै । मलाइ उल्टि हुन सक्छ म झ्यालमा बस्छु नि । अब मलाई उसङ्ग बोल्न सक्ने बाताबरण मिल्छ भनेर उस्लाइ झ्यालपट्टि बस्न दिए । अब भने केही हदसम्म भएपनि ममा बोल्न सक्ने हिम्मत आयो । केही कुरा बोल्दै गए ।

उस्ले जवाफ मात्रै फर्काइ मलाई प्रतिप्रश्न कुनैमा गरिन । केटिहरु यस्तै हुन् सुरुसुरुमा । यहि भनेर चित्त बुझाए । मलेखुबाट उता लागेपछी भने सम्बाद दोहोरै चल्यो । त्यतिबेलासम्म थाहा पाइसकेको थिए कि । गाउँबाट + 2 को परिक्षा सकेर काठमाडौ जान लागेकी रैछ । उस्का दाइ भाउजु उतै काठमाडौ बस्ने रहेछन । उतै दाइ भाउजुकोमा जान आटेकी रैछ ।

गाडी अगाडि बढ्दै गयो । कुरा झन झन धेरै हुनै गयो । एकअर्काको नाम सोधियो। उस्को नाम बिमला रहेछ । तर उस्को नाम बिमला नभएर फुलकुमारी भाको भए झनै राम्रो हुन्थ्यो कि रु किनभने उस्ले कपालमा सिहुरिएको फुलले उस्लाइ झनै राम्रो बनएको थियो ।

सोध्न मन लाग्यो सोधिहाले टाउको फुल चै सधै लगाउछौ कि के होरुू प्राय लगाउछु उस्ले भने । मैले राम्री देखिन्छौ फुल लगाउदा भन्दिए । उस्ले होर भनेर हासिरही मात्रै । साच्चिकै राम्री देखेर नै राम्री भनेको थिए ।

कुरा अघि बढ्दै जादा बाटो भने एकदम छोटिदै थियो । उस्ले अहिलेसम्म फेसबुक खोलेकी रैनछ । अब छिट्टै खोल्छु भन्दै थिए । गाडी कलन्की आइपुग्नै लागेको थियो । उ बालाजु जाने रैछ ।

एकमनले सोचे म पनि बालाजु जाउ फेरि सोचे के गर्न जानू उता । यतै ओर्लिन्छु । गाडी कलन्किको जाममा आइपुग्यो । मेरो ओर्लिने ठाउँ पनि । ओर्लिनै मन थिएन । तर ओर्लिनु पर्ने थियो ।

बाइ राम्रो सङ्ग जाउ भनेर म ओर्लिए । उस्को फोन नम्बर माग्छु भनेर सोच्दा सोच्दै कति छिटो बिर्सिएर गाडीबाट ओर्लिसकेछु । माथी पुगेपछी मात्रै थाहा भयो । नम्बर माग्न बिर्सिए भनेर । नम्बर माग्न बिर्सिए पनि उस्ले भनेकी थिइ । म फेसबुक खोल्ने बित्तिकै हजुरलाइ याड गर्छु भनेर ।

उस्ले चभत्रगभकत नपठाए नि म पठाउला नि नाम थाहा छदैछ । फेसबुक त पक्कै खोलिहाल्छे । आजभोलि फेसबुक नचलाउने मान्छे को नै होला ररु समय बित्दै गयो ।

धेरै कुराहरु परिवर्तन भैसके तर फेसबुकमा आजसम्म उस्को Request आएको छैन । मैले सधै जस्तो फेसबुकमा उस्को नाम सर्च गरिरहन्छु । उस्ले फेसबुक नै खोलीन या खोल्नै बित्तिकै मलाई ब्लक हानीरु ब्लक हान्नु पर्ने त खास कारण छ जस्तो लाग्दैन । सायद फेसबुक खोलेकी छैन ।

यस्तै यस्तै भनेर मन बुझाउदै आएको छु ।यसरि समय बितेको पनि एकबर्स भैसक्यो । उ गाउँ गै या यतै बसेर पढ्दै छे रु। या उस्को बिहे भैसक्यो ? । मनले अनेक अनेक कुरा सोच्छ । तर उस्को अनुहार ।

उस्को ओठको लाली । चमकदार उस्को आखाको गाजल र उस्ले टाउकमा सिहुरिएको फुल बेला सम्झिरहन्छु । उस्ले चै मलाई कुनै पल सम्झिन्छे कि सम्झिन्न होला ?