आज भन्दा १३ बर्ष अगाडी जनासेनाको फर्मेशन र जिम्मेवारीले म पश्चिम नेपाल तिर कार्यरत थिए ।
जनायुद्धको बीचमा हामी उभिएका थियौ, देशैभरि शाही सैनिक आतङ्क ब्यप्त छदै थियो । शिक्षण पेशामा रहेर पनि आफ्नो ब्यक्तिगत निजि स्वार्थ त्यागेर देशको मुल परिवर्तनकारी शक्ति सङ्ग आबद्ध भई सामाजिक सेवा, सामाजिक न्याय तथा मेलमिलापको अगुवा र सामजमा हुने गरेको अन्याय, शोषण, दमनको विरुद्धमा लागि पर्ने एक इमान्दारको प्रतीक, शालीन, मिलनसर, पुरानो वामपंथी शिक्षक कमरेड गोबिन्द (कृष्ण प्रसाद सिंखडा) को हत्यारो तात्कालिन शाही सेनाले हत्या गरेको खबरले अत्यन्तै दुखित बनायो ।
एक अथक निष्ठाबान योद्धाको बलिदान अन्तर आत्माले स्वीकार गर्न नसके पनि वास्तविकताले बताउदै थियो, हामी भीषण युद्धमा थियौँ र बलिदानको कोटा अनिवार्यतालाई स्विकार्नुको विकल्प थिएन ।
आत्मसर्पण नगर्ने र आफ्नो शिर नझुकाई मृत्युलाई स्वीकार गर्ने महान् सहिद हुने गोबिन्द सिम्खड प्रति श्रद्धाञ्जली अर्पण गर्दै रगतको बदला लिने अठोट गरियो । महान सहिद कमरेड गोबिन्द को १३ बर्षको स्मृतिमा मुगालनबाट सम्झना स्वरुप केही शब्दमा चित्रण गर्ने कोसिस गरेको छु ।
पार्टीको दोश्रो राष्ट्रिय सम्मेलन पश्चात धादिङको उत्तरी क्षेत्रमा कार्यरत कार्यकर्ता र पार्टी सदस्यहरुको राजनीतिक, बैचारिक प्रशिक्षण कार्यक्रममा गोबिन्द सिम्खडा सङग पहिलो पटक भेट भएको थियो त्यही नै हाम्रो परिचय भयो । उहाँ त्यस क्षेत्रमा स्थापित समाजसेवी अगुवाको रुपमा गुम्दीको रबिमा उदायको छवि रहेछ ।
समाजिक संस्थाहरु सहकारी, रेडक्रस, स्वबलम्बन जस्त कार्यक्रमहरुको नेतृत्वदायी भुमिका रहेछ उहाँको । त्यस पछि ०५८ सालको संकटकाल देखि हामी निरन्तर भेटघाट, छलफल, अन्तरक्रिय, सामाजिक कामहरु भेटहुँदा अत्यन्तै जोस, जगाँर, उत्साह, आत्म विश्वास, निडर शहिद कमरेड गोबिन्द प्रष्ट देखिन्थ्यो ।
म पार्टीको पुर्णकालिन कार्यकर्ता भए पनि उमेर, राजनीति र बिचारले कमरेड गोबिन्द धेरै परिपक्क हुनुहुन्थ्यो । हामीलाई बिचार, राजनीति, जनसम्बन्ध, सङगठन हरेक कुरामा हरबखत प्रेरणादायी छलफल र सुझावहरु दिइरहनु हुन्थ्यो र आजको दिनमा पनि शहिद कमरेड गोबिन्द प्रेरणाको स्रोत नै बनिरहेको छ । जनयुद्ध तयारीको चरण देखि सामन्तवादी सत्ता, सुदखोर, भ्रष्टाचार, बिसङगती, बिकृतीको विरुद्ध कठोरताकासाथ लागि पर्नु भयो ।
त्यसकारण निरंकुश सत्ता र स्थानीय सामन्ती, जालिफटारुले आँखाको निशानी नै बनाए । कयौ पट्क जेल, हिरासत, सैनिक बन्दी र हिरासत जस्तो कालो कोठारीमा थुनिए चरम अनेकौं यातना, कयौ पटक घर खनतलासी गरे, अमानवीय व्यबहारले उहाँको आस्था कहिल्यै मर्न सकेन ।
मानिसको मृत्यु अनिवार्य शर्त र सत्य कुरा हो । तर महान र अमर मृत्युहरु कमै मात्रामा हुने गर्दछ र ती मृत्युहरुलाई धेरै मानिसहरूले युगौ सम्म पनि सम्झना र सम्मान गर्न लायक हुदोरहेछ ।
नेपालमा भएको हरेक प्रगतिशील आन्दोलन र सत्ता परिवर्तनको आन्दोलनहरुमा धेरै वीर, बिरङगना, योद्धाहरुले आफ्नो जिबनको कुर्बनी गरेका छन् । दस बर्षे जनायुद्धको क्रममा धेरै बलिदान भयो । यिनै मध्ये कमरेड गोबिन्दको अमर मृत्युबरणलाई हामीले कहिल्यै भुल्न सक्ने छैनौं, सदा सम्मान रातो सलाम अर्पण गरिरहने छौं, उहाँको योगदानलाई कदर गरिरहने छौं ।
आजको दिनमा जनायुद्धको मुल उदेश्य र लक्ष्यबाट मुल नेतृत्व पक्ती स्खलित भएको छ यो रगतको अपामान हो, त्यग, तपस्या बलिदानको अवहेलन हो । केही मान्छेहरु सत्तासिन भएर शासक हुँदैमा हामी निराश हुने छैन ।शहिदहरुको बलिदान हाम्रो लागि सधैं उर्जाको स्रोत बनिरहने छ । प्रतिक्रान्तिकारी गद्दारहरु एक दिन ठेगान लाग्ने छन् ।
जनायुद्धको क्रममा करिब १७ सय प्रहरीले र करिब १४ हजारको हराहरीमा शाहि सैनिकले आम नगरीकको कत्लेआम गरेको छ । करिब ४ हजार व्यक्तिलाई अझैसम्म बेपत्ता बनाएको छ । संकटकाल सुरु गरेर देशैभरी शाही सैनिकले दमन, हत्या, लुट, बलात्कार, गिरफ्तार, लुट अतकं मच्चाए । यसरी नै धादिङमा पनि जारी राखे ।
गुम्दीको फलङ्गेमा रहेको आफ्नै घरमा बिहानको समयमा २०६२ बैशाख २७ गते सदा झै स्कुल जाने तयारी हुँदै गर्दा हत्यारो शाही सैनिक जत्थाले घर घेराहाली परिवारलाई अतकं मच्चाउदै गोबिन्द सरलाई गिरफ्तार गरि मानवले कल्पना गर्नै नसक्ने बर्बर चरम दिदै, अङ्गभङ्ग बनाएर र २८ गते हत्या गरेछ ।
आफ्नो जीवन बलिदान गर्ने महान अमर सहिद कमरेड गोबिन्द (कृष्ण प्रसाद सिंखडा) युग युग बाचिरहने छन् । अजर अमर रहिरहने छन् । यिनै महान योद्धा प्रति फेरि पनि हार्दिक श्रद्धा सुमन ।