काठमाडौं,बैशाख २८। बार्सिलोनाबाट लोनमा टर्किस क्लब बाखामशिगिस गएका आर्ड टुरानमाथि १६ खेलको प्रतिबन्ध लागेको छ ।
३१ वर्षीय टुरानलाई ३९ हजार टर्किर लिरा जरिवाना पनि तोकिएको बीबीसीले जनाएको छ ।
सुपर लिगमा गत साता सिभास्पोरसँग १–१ को बराबरी खेल्दा उनले सहायक रेफ्रीलाई धकेलेका थिए । बल अघि बढाउने क्रममा आफूलाई विपक्षी खेलाडीले लडाएपनि फल नदिएको भन्दै उनले रेफ्रीलाई धेकेलेका थिए ।
सहायक रेफ्रीलाई आक्रमण गरेकोमा १० खेल, उनलाई अपमान गरेकोमा ३ खेल र धम्की दिएकोमा अर्को तीन खेल प्रतिबन्ध लगाइएको हो ।