आँखाको ज्योति बढाउने तत्वहरु

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २७, २०७५

आँखाको महत्व कति हुन्छ भन्ने कुरा देख्न नसक्नेलाई थाहा हुन्छ । आँखा मानव जिवनको लागि निकै महत्वपुर्ण र नभई नहुने सेन्स अर्गान हो । पावरवाला चस्मा लगाउनेले समेत यी खानेकुरा खाने हो भने दृष्टिमा सुधार आउने अध्ययनले देखाएको छ । त्यसकारण घरमै पाइने यी सामग्रीबाट प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउन सकिने बिज्ञहरुले बताएका छन् । आखालाई आवश्यक पर्ने केही महत्व पुर्ण तत्वहरु

सुकुमेल
तीनचारवटा सुकुमेल र एक चम्चा सुपलाई राम्रोसँग पिस्ने र एक ग्लास दूधसँग दिनहुँ पिउने । यसो गर्नाले हाम्रो शरिर स्वास्थ हुन्छ ।

अमला
अमला पकाएर तयार पारेको गुलियो अचार दिनमा दुई पटक खानाले आँखाको ज्योति बढ्छ । यसो गर्नाले हाम्रो शरिर स्वास्थ हुन्छ ।

ग्रिन टी
दिनमा दुईतीन कप ग्रिन टी पिउनाले यसमा भएको एन्टिअक्सिडेन्टले आँखा तेजिलो बनाउँछ ।


हाडेबादाम
राति छ सातवटा बदाम पानीमा भिजाउने र बिहान खाने गर्नाले आँखाको पावर ठीक हुँदै जान्छ ।

तोरीको तेल
राति सुत्नुअघि तोरीको तेलले टाउको दिनहुँ मालिस गर्दा पनि आँखाको ज्योति ठीक हुन्छ । त्यसका साथै शरिरलाई पनि आनन्द हुन्छ ।

हरियो तरकारी
हरियो सागसब्जीमा पाइने पोषकतत्वले आँखाको ज्योती राम्रो बनाउन सहयोग गर्छ । हरियो सागसब्जी खानाले हाम्रो शरिरमा लाग्ने विभिन्न खालका रोग सँग लडने शत्ति प्राप्त हुन्छ ।