काठमाडौं,बैशाख २५ । गृहमन्त्रालयको बढुवा सिफारिस समितिले १६ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।
संशोधित प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको गृह मन्त्रालयले जनाएको छ ।
बढुवाको सिफारिस सूचीमा केदार रिजाल पहिलो नम्बरमा छन् । शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपक कुमार थापा, दिनेश अमात्य लगायत बढुवा हुने भएका छन् ।
बढुवा समितिको सोमबारको बैठकले जनपद प्रहरीतर्फका १६ जना एसएसपीलाई बढुवा गर्न सिफारिस गरेको हो ।