बाबु आमाले बालबालीकालाई ध्यान नदिदा के हुन्छ ?

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २१, २०७५

बैशाख २१ । बालबालिकाहरूले हरेक समय केही न केही सिकिरहेकै हुन्छन् । जब उनीहरू साना हुन्छन्, मातापिता तथा परिवारका सदस्यबाट विभिन्न कुरा सिक्ने गर्छन् ।

जब उनीहरू बाहिर निस्कन थाल्छन्, वरिपरिको वातावरणबाट कैयौं कुरा सिक्ने गर्छन् । अनि, जब स्कुल जान थाल्छन्, उनीहरूले साथीभाइबाट विभिन्न कुरा सिक्ने गर्छन् ।

स्कुले उमेर नै यस्तो उमेर हो, जतिबेला बालबालिकाहरू परिवारको तुलनामा साथीभाइसित बढी घुलमिल हुने गर्छन् । उनीहरूबाटै सही गलत सिक्ने गर्छन् । कलिला उमेरका बालबालिकाहरूलाई सही के हो र गलत के हो भन्ने कुरा थाहा हुँदैन ।

धेरैजसो आमाबाबु आफ्ना बालबालिकाका गतिविधिलाई लिएर निकै चिन्तित हुने गर्छन् । उनीहरूलाई बालबालिकाहरूसित कसरी व्यवहार गर्ने भन्ने कुराको जानकारी हुँदैन । जब कि हरेक आमाबाबुले यस विषयमा चिन्ता लिनुको सट्टा समस्याको समाधान खोज्नतिर लाग्नुपर्छ । यसका लागि निम्न लिखित उपाय अवलम्बन गर्न सकिन्छ ।

घरमा बालबालिकालाई ध्यान दिन नसक्दा बालबालिकाहरू यस्ता साथीहरूको संगतमा पर्छन् जो भनेको मान्न्दैनन् र अरूलाई गाली गर्नुका साथै झैझगडा गर्न पनि पछि पर्दैनन् । बालबालिका त्यस्ता साथीहरूको संगतमा परेका छन् भने उनीहरूको व्यवहारमा समेत तुरुन्तै परिवर्तन देखा पर्न थाल्छ, जुन उनीहरूको व्यक्तित्व विकासको लागि हानिकारक छ ।

कतिपय बालबालिकाहरू सही र फरक बीचको गलत छुट्याउन सक्दैनन् । जसका कारण उनीहरूले अन्जानमै अरूको बानी अपनाउन थाल्छन् । परिणामस्वरूप उनीहरू गलत संगतमा पर्ने गर्छन् ।

बालबालिकाहरूले टिभीमा कस्ता कार्यक्रम हेर्ने गर्छन्, उनीहरूले त्यस्ता कार्यक्रमबाट कुनै नराम्रो कुरा सिकिरहेका छ छैनन्, त्यसबारे पनि विशेष ध्यान दिनु जरुरी छ ।

बालबालिकाहरूले कस्ता साथी बनाएका छन् त्यसबारे जान्ने, उनीहरूसित कुरा गर्ने, घरमा बोलाउने तथा उनीहरूलाई चिनेर पनि बालबालिका कस्ता साथीको संगतमा छन् भन्ने कुरा थाहा पाउन सकिन्छ ।

बालबालिकाले जे जस्ता कुरा सिक्छन्, घर वा वरिपरिको वातावरणबाटै सिक्ने गर्छन् । त्यसैले बालबालिकामा कुनै परिवर्तन देखेमा वा बालबालिकाले कुनै अभद्र व्यवहार गरेमा उनीहरूलाई तुरुन्तै रोक्नुपर्छ । उनीहरूलाई यसो गर्न रोक्नुको कारण बताउनु पर्छ ता कि उक्त व्यवहार बालबालिकाले पुनः नदोहोर्‍याऊन् ।

कयौ पटक बालबालिका अभिभावकको ध्यान आफूतिर आकषिर्त गर्नका लागि समेत गलत काम गर्छन् । उक्त गल्तीलाई उनीहरूले तुरुन्तै सुधार्ने पनि गर्छन् । त्यसैले उनीहरूलाई मायाका साथमा हेरचाह गर्न पनि जरुरी छ ।