मोबाइल मानिसका लागि अत्यावश्यक बनिसकेको छ । यो जीवनकै महत्वपूर्ण हिस्सा बन्न पुगेको छ । तर यसको प्रयोग भने सजगता अपनाउनुपर्ने देखिएको छ । यसबाट निस्कने रेडिएसन मानिसका लागि निकै खतरनाक हुने प्रमाणित भएको छ । मोबाइलबाट पर्ने असरहरु तल दिएको छ ।
सीधा असर दिमागमा
अनुसन्धानका अनुसार मोबाइल रेडिएसनको सीधा असर स्मरणशक्तिमा पर्न जान्छ । जसले सर्ट टर्म मेमोरी लसको समस्या निम्त्याउने गर्छ । फोनबाट निस्कने सिग्नलले दिमागको यस्तो भागलाई प्रभावित पार्छ, जसको सम्बन्ध मेमोरी र सिकाइसँग हुन्छ ।
यदि बच्चाले मोबाइल या यस्तो प्रकृतिको डिभाइरसको बढी प्रयोग गरेमा उसको सिक्ने क्षमतामा कमी आउन थाल्छ । यसकै कारण मोबाइल कम्पनीहरुले पनि रेडिएसन कम गर्ने प्रयासमा जुटेका छन् ।
गर्दनको समस्या
मोबाइलको अत्याधिक प्रयोगले गर्दनको चारैतफको छालाको लचकतामा कमी आउने गर्छ । त्यसैले लामो समयसम्म एउटै पोजिसनमा बसेर मोबाइलको प्रयोग पनि गर्नु हुँदैन ।
जवानमै बूढोपन
लामो समयसम्म मोबाइलको स्क्रिनबाट निस्कने प्रकाशको सम्पर्कमा रहँदा छालामा हाइपर पिङमेन्टेसन’हुनुका साथै बुढोपनको समस्या पनि निम्तिन सक्छ । यस्तो अवस्थाबाट छुटकारा पाउन मोबाइललाई चार्ज गर्दा वा रातमा सुत्दा आफूभन्दा टाढा राख्नुपर्छ ।