पहाड फोरेर उम्रेको पिपल जस्तै -युवराज

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २०, २०७५

ढुङगाको काप फोरेर पनि उम्रन्छ पिपल,
सिर्जना शक्ति भएको मान्छे हुदैन विफल

जिन्दगी सफल बनाउनका लागि आफू भित्र संकल्प र अठोट चाहिन्छ । दृढ इच्छा शक्ति र निरन्तरको अथक प्रयासले मानिस सफलता चुमेका हुन्छन । मानिसलाई भूत, वर्तमान र भविष्यले सधै पिरोलिरहेको हुन्छ ।

भूतको आधारशिला, वर्तमानको कर्म र भविष्यको फलले मानिसलाई सार्थक तुल्याएको हुन्छ । जिन्दगी ज्यून जाने हिरा हो नजाने धर्तीको किरा हो भने जस्तै यसको वास्तविक परिचय यो दुनियाँमा पत्ता लगाउन सकेको छैन । आखिर जिन्दगी के हो ? यसको परिभाष मानिस पिच्छे नै फरक फरक रहेको छ ।

जिन्दगीको सारथीलाई मैले यहाँसम्म हरेक किसिमको अभाव, दवाव र प्रभावमा घिसार्दै ल्याए तर पनि म आफै पनि अनभिज्ञ आखिर जिन्दगी के हो ? कोहि मान्छे भन्छ जिन्दगी लामो छ, कोहि भन्छ छोटो छ । आखिर को हो जिन्दगी लामो की छोटो म पनि यस विषयमा रनभुल्लमा परेको छु । बढेमानको पहाड फोरेर उम्रेको पिपलको पनि पीडा आफ्नै किसिमको छ । उसले पहाड फोरेर त उम्रियो तर त्यहाँ अब कसरी हुर्किने ।

मल जल र जमिनसँग कसरी मुका विलाप गर्ने त्यो पनि पिपललाई चिन्ताको विषय बन्दछ । मानिस पनि यस धर्तिमा जन्मिदा स्वतन्त्र रुपमा जन्मिएको हुन्छ । तर पछि यो समाजको जन्जिरले उसलाई फुत्कनै नसक्नी गरी जेलिदिन्छ । यो राम्रो, त्यो नराम्रो यो गर्नुहुन्छ, यो हुन्न यी यावत कुरालाई उसलाई बाँचुञ्जेल घेरिरहन्छ । मानिस मरेपछि पनि उसलाई सुख छैन । उसको हरेक कामको चियो चर्चा सुरु हुने गर्दछ । जसको लाश जलाउनको लागि चित्ता माथि राखेर हामि भन्छौ यो मान्छे त बेइमानि थियो । लोभी थियो ,पापी थियो, यसले मेरो पैशा खाईदियो यस्तै यस्तै ।

मान्छे बाचुञ्जेल कसैलाई कसैको चासो हुन्न । कहिल्यै कसरी बाँचेका छौ भनेर सोधि खोजि गर्दैनौ । मरेको थाहा पाएपछि हामि सोधि खोजि गर्छौ कहाँ, कहिले ,कसरी, किन म¥यो भनेर । आखिर जिन्दगी जे जस्तो भएपनि ज्यूनै पर्छ । जसरी पानिलाई पेलेर बिजुली निकालिन्छ त्यसै गरी आँशुलाई पेलेर हाँसो निकाल्न सक्नुपर्छ ।

विगत, वर्तमान र भविष्य म अरुले भन्दा अलि फरक ढङगले सोच्छु र अरुले भन्दा फरक ढङगले जिन्दगी ज्यूने कोशिस गर्छु । मलाई के लाग्छ भने, म आफूमात्र बन्छु भन्ने मेरो सोचाई होइन । पहिला अरुलाई बनाउनु पर्छ र बल्ल आफु बन्नु पर्छ । अरुले भन्दा बढी मिहिनेत गर्नु पर्दछ र निर्देशन गर्ने सन्र्दभमा हामी सँग भएको कुराहरु प्रर्दशन गर्नुपर्छ । जस्तै म स्कुल पढ्दा कहिले पनि दोश्रो भइन । म जहिले पनि प्रथम हुन्थें । म धादिङको खाल्टेमा रहेको मन्द्रोदय कालिका माध्यमिक विद्यालयमा कक्षा ६ सम्म पढेको हुँ । कक्षा ७, देखि १० सम्म मैले काठमाडौं गएर बढो दुःख गरेर पढे । मैले कक्षा ६ सम्म पढ्दा पनि आमा बुबासँग कहिल्यै पैशा मागिन । पढनको लागि मैले नगरेको काम केहि छैन । त्यति खेर धादिङको खाल्टे उखुको लागि नेपालभर प्रसिद्ध थियो ।

उखुबाट खुदो बनाइन्थ्यो र खुदो बाट म पुष्ठकारी बनाएर स्कुलको कक्षा कोठा कोठामा गएर बेच्थे । मैले पुष्ठकारी बेच्नु अघि सानो छँदाको याद अझै पनि ताजै छ ।

पुस माघको महिना जाडो असाध्यै थियो । बारीमा बदाम खन्ने समय भएकाले म बाख्रा चराउदै अरुले खनेर छाडेको बदाम सिला खोजेर सगालेर धेरै बनाएर बेच्थे । मैले बदाम बेचेर आएको पैसाले एउटा कुखुरा किने । म सानो भएपनि पढ्नको लागी आफैले पैसा सगालेर पढ्थे । त्यो जमनामा पनि म घरपरिवार सँग छुटेर बसेको थिए । मेरो घर परिवारमा आमा बुबा, दुई ओटा दिदी र हामि ६ दाजु भाई थियौ । त्यस मध्ये म काईला छोरा हुँ । दुई ओटा दिदि मध्ये एउटा दिदिको विवाह भईसकेको थियो । मेरो बाल्य अवस्था अरुको भन्दा धेरै फरक छ ।

म १२ वर्षमा नै घरपरिवार सँग छुटेर आफ्नो अंश लिएर एक्लै बसेको हुँ । त्यस बेलाको मेरो घटना क्रम अलि छुट्टै हुन गयो । म त्यतिखेर गाउँमा नै थिए । मेरो एउटा घर र धन्सार थियो । म धन्सारमा बस्थे ।

म त्यति खेर पनि एक्लै बसेर हुर्किए बढे । बाह्र वर्षको उमेर भनेको एउटा ‘लाउँ लाउँ खाउँ खाउँ ’भन्ने उमेरमा नि म एक्लै बसेर पढेको हो । मेरो जिन्दगीको यात्राले अर्कै मोड लियो । मेरो जेठो दाईको विवाह भयो दाईको ससुराली पोखराको विन्दावासिनी हो । मेरो भाउजु त्यो जमनामा पनि २६ लाख नगद, गाडि, जग्गा जमिन धेरै भएको एक्ली छोरी हुनुहुन्थो । अन्य छोरा, छोरी नभएको धनि सगँ मेरो दाईको विवाह भयो । त्यसबेला मेरो मुटुको भल्ब अप्रेसन गनुपर्यो र मलाई अपे्रसन गर्नको लागी तीन लाख रुपंैया लाग्थ्यो । मेरो दाईसँग प्रशस्त पैसा थियो । मैले सहयोग माग्दा पनि पाइन । म भन्दा माथिको भाईको मृत्यु भईसकेको थियो । साईला भाई पढ्नी मात्र एउटा दिदिको विवाह भईसकेको र अरु सा–साना र अव मैले तीन लाख कसरी जम्मा गर्नी भयो । मैले गाउँमा सबैसँग हार गुहार गर्दा २५ हजार जम्मा भयो । म बच्चा देखि नै स–सानो कारोबार गर्थे ।

म गाउँमा धान,चामल, कुखुरा, बाख्रा बेचेको भरमा नै म सँग त्यति पैसा जोहो भयो । म सानो छदा पनि पुष्टकारी बेचेको पैसा जोगाएर राख्थे । त्यहि पैशाले गर्दा पनि मेरो २५ हजार भयो । एउटा मुटुको भल्भ र्फेनको लागि एक लाख पर्दथ्यो । मलाई २५ हजार मेरो ठुली दिदिले दिनुभयो । जम्मा ७५ हजार भयो ।

मेरो मुटुको अपे्रसन काठमाडौको गंगालाल हृदय केन्द्र बासबारीमा गर्नुपर्दथो । मलाई अहिलेको जस्तो निःशुल्क थिएन । बाथ भएर टाईसिट भइसकेको थियो । त्यस कारणले मेरो भल्भ सर्जरी गर्नु पर्ने भयो । सर्जरी पनि बेलुङको हाल्नु पर्नि भयो । अहिले पनि बेलुनको नै छ ।

मैले उपचार खर्च अलि अलि गर्दै ७५ हजार बनाई सकेको थिए । मैले त्यति पैसा जसरी नि जुटाउछु भन्ने लागेको थियो । मैले बाल्यकालमा पनि पैँसा बचत गरेर माईला बुबाको छोरासँग दश हजारमा जग्गा किनेको थिए । मैले आफैले कुखुरा बाख्रा बेचेको पैसाले त्यो जग्गा किनेको हो । अहिले पनि त्यो जग्गा मसँग छ । मेरो नागरीकता नभएको कारणले त्यो जग्गा मलाई पास गरेको थिएन । मैले दगं राज खतिवडा दाईलाई भने म बारी किन्न चाहि किन्छु, तर म मरे भने छुट्टै कुरा तर मलाई बारीको सट्टा अलिकति पैसा थपेर दिनु पर्छ भन्नुभयो । दाईले मलाई कति चाहियो युवराज भाई भन्नु भयो । त्यो बेला जग्गा किनेको भन्दा अलि महगीएको थियो ।

मैले दाईलाई २५ हजार बारीको त्यसपछि धरौटिमा १ लाख दिनु भने । त्यस पछि म सँग २ लाख भयो अब मलाई एक लाख पुगेन । त्यसपछि एक लाख रुपैयाँ मैले पाट्रिसिएल भन्ने नेपालको पत्रकार महासंघको कार्यक्रम आउदथ्यो । आन्न कुमार श्रेष्ठ र दिवतु भन्ने दाई हुनुहुन्थो र चिप्लेढुङ्गा निरको कन्डिसनमा आउनुभएको रहेछ । मैले त्यही नजिक बाख्रा चराईरहेको थिए ।

म अरुले भन्दा छुट्टै तरिकाले काम गर्थे । आफुले गरेको काम र आफुमा भएको प्रतिभा सबैलाई देखाउनु पर्छ भन्ने मेरो मेरो मान्यता थियो ।

मलाई उहाँहरुले सबै कुरा सोध्नु भयो र मैले आफ्नो जीवनको सबै यर्थाथ वताईदिए । त्यसपछि उनिहरुले मलाई कुखुरा पाल्नको लागी मलाई १ लाख सहयोग गर्छु भन्नु भयो त्यसपछि उनिहरुले स्कुलमा बुझछ र बुझीसकेपछि मलाई सबैले राम्रो जान्नि भन्थे म त्यतिखेर ५ बाट ६ कक्षामा जादा प्रथम भएको थिए । मलाई अरुले यसले गर्छ भनेर भन्नु भयो । बैशाख जेष्ठ महिना थियो । त्यस समयमा हाम्रो घर भन्दा पारी पट्टिको डाडाँमा भाले काटेको थियो । मैले त्यस भुत्लालाई घरमा ल्याए । छुट्टै तरिकाले कुखुरालाई ओथारो दिएको थिए । १९ ओटा चल्ला निकालीएको थियो र उनिहरुलाई मन पर्यो । गाउँमा पवनको बाबा भन्ने हुनुहुन्थ्यो उहाँले मलाई असाध्यै माया गर्नुहुन्थ्यो । उहाले मलाई केही गर्नको लागि प्रोत्साहन दिनुहुन्थ्यो ।

मेरो बारेमा धुब्र अंकल लाई सोध्नु भएछ । पानी ट्याङकी घर भएको केटो कस्तो छ ? उहाले राम्रो छ मिहेनति छ अवसर पायो भने गर्छ भन्नुभयो र यसलाई घर परिवारले वास्ता गदैन भन्नुभयो । त्यसपछि म सँग १ लाख ७५ हजार रुपैयाँ थियो । २५ हजार म जसरी नि जुटाउछु भन्ने मेरो आत्मा विश्वास थियो । त्यसछि मैले घरमा १ लाख रुपैयाँ मागे । मलाई घरबाट दिनुभएन । पैसा नदिएपछि मैले मेरो अशं मागे ।

मेरो अशं ६ दाजुभाई २ ओटा दिदी आमा बुबा गरेर १० जना हुने भयो । मैले भने मेरो भागमा जति सम्पति पर्छ दिनुस । १० भाग लगाउ होइन ६ भाग लगाउँ बुबा आमालाई राखेर दिनि भएपनि दिनु होइन भने भाईलाई पढाई खर्च दिनु । दाईलाई नी दिनु मलाई विवाह भाग पर्दैन । जति पर्छ सामुहिक रुपमा दिनु भन्दा मलाई दिन मानेन । पहिला त मैले १ लाख रुपैयाँ मागेको हो । त्यसपछि म छुट्टिनि निष्कर्षमा पुगे । गाउँका सबै मानिसहरुलाई बोलाउनु भयो ।

सबैजना भेला भए तर मलाई सम्पति दिन कसैले मानेन । त्यसपछि मलाई रिस उठयो त्यसपछि मैले सम्पति के गर्नको लागी मागेको मैले बोकेर लान हो ? मैले मर्दा लान हो ? म बेचेर हिडनको लागी हो ? मैले मेरो उपचार गर्नको लागि मागेको हुँ ।

मेरो मुटुको भल्भ फेर्नको लागी ३ लाख चाहिन्छ त्यसपछि ललितपुर हट क्लिनिक भन्ने काठमाडौंमा म पहिला बस्थे । त्यहाँ प्रकाश दाहाल हुनुहुन्थ्यो । त्यहा मलाई भएन म र दाई विरगंज हस्पिटल गयौं । पहिला त मलाई मेरो घरपरिवारमा ढाटेको थियो तर मलाई घरपरिवारले स्वाँस्वाँ हुन्छ भन्नु भएको थो मैले पहिला अक्सिजन लिनुपदथो । त्यसपछि मलाई जग्गा जमिन नदिएपछि म आफैले पालेको एउटा बाख्रा थियो । त्यसले ३ ओटा बच्चा जन्माएको थियो । तल बेशिको कृष्ण खतिवडा दाईले काईलालाई केही तिमिहरुले दिनुपर्छ भन्नु भयो त्यहाँ एकजनाले बोलेको के लाग्थो र केही लागेन त्यसपछि मलाई असाधै रिस उठ्यो अनि मैले आजको रात म आउँदा नि आउदिन तर म यहाँ केही नगरी जादा पनि जान्न घरमा आगो लगादिन्छु गोठमा नि आगो लगागई दिन्छु म सगँ अलि कति मट्टितेल छ ।

मलाई यो सम्पति के काम भनेँ । त्यसपछि मलाई अंश नदिने मनसायले २४ विसे खेत ३ भाग लगाउनी घरको बारी ३ भाग लगाउने गोष्ठ बारी बहिनिलाई दिने त्यसपछि भैसि आमाको पेवा र मलाई कुखुरा र खैरी बाख्रा दिने भन्ने तयारी भयो । मलाई दिन त दिनी तर के गरेर दिनि भन्नुभयो हाम्रो राम्रै जग्गा थियो र मैले एउटा राम्रो पाटा दिएनी हुन्छ भने । गैरा बारीको पाटो बारी मागे र त्यो बारी मैले १ लाख रुपैयामा दिनुभनि तर भएन ।

म २१/२१ दिनमा इनजेक्सजन लगाउन जानुपर्थो र मेरो अप्रेशन जेष्ठ ७ गते थियो । कति लाग्छ भन्दा ३ लाख लाग्छ भन्नुभएको थियो । त्यसपछि मैले एउटा दाइलाई मेरो भाग हजुरलाई छोडिदिन्छु मलाई पैसा दिनु भने र १५ हजार दिनुभयो । यता उति जसोतसो गर्दा गदै मेरो १ लाख २५ हजार पुगेन । त्यसपछि नवराज दाई सगँ धेरै कुराकानी गर्दा गर्दा उँहाले मलाई ५ हजार म दिन्छु २५ हजार घिमिर कान्छाकोमा छ भन्नु भयो । ६० हजार रुपैया भयो । म सँग दिदी भेनाजु हुनुहुन्थ्यो । मेरो अप्रेशन पनि सफल भयो दिदी भेनाजुले मलाई धेरै सहयोग गर्नुभयो ।

त्यसपछि म गाउँमा बस्न सकिन किनकि मेरो गाउँको सबै सम्पति सकिसकेको थियो । त्यसपछि म काठमाडौं गए । काठमाडौं गएपछि चैत्रशुक्र बागबजार भन्ने स्कुल थियो । त्यहाँ गएर मैले आठ देखि दशसम्म पढे । मेरो पढाई बिहानमा थियो र दिउँसोमा मैले पत्रिका बेच्ने काम गर्थे ।

उपत्यका, सन्धाकालीन, आदि बेच्थे । हुँदाहुदै श्यामको पे्रस भन्नि जाउलाखेलमा थियो र मैले त्यसपछि टाईम छउन्जेल रत्नपार्कमा लगेर बेच्थेँ । आफ्नो ग्राहक पनि बनाएको थिए । मेरो राम्रो कमाई भएको थियो । त्यो जमनामा पनि पढ्दा पढ्दै काम गरेर आफ्नो पढाई खर्च पु¥याउथे । मैले रत्नपार्क, जमाल, असनामा, पत्रिका बेच्थी । मेरो पढ्ने साथी, मलाई पढउने शिक्षक मेरो ग्राहक बन्नु भएको थियो ।

उहाँहरुले मेरो पत्रिका किन्दिनु हुन्थ्यो । पत्रिका बेच्दै गर्दा एउटा कुवेतको डिनर भन्नि केटिले ५ हजार कुवेतको पैसा साट्टनको लागी ल्याएको रहेछ । मैले म साटिदिन्छु नि भनेँ, त्यो केटिले मलाइ कति आउँछ भन्यो मैले हचुवामा नै २० हजार आउछ भनिदिए । मलाई तिमि यो काम गर्न सक्छाभनि मैले सक्छु भने । त्यो ५ हजारको मलाई १ लाख रुपैया आयो मैले ५ हजार रुपैया श्रीमतिलाई दिए । बाकि ९५ हजार मैले राखी त्यसपछि डिनर भन्नि केटिले १५ दिए । मलाई त्यस केटिले महिना महिनामा मलाई पत्रिका पठाउँ म महिनाको ५ सय रुपैया पठाईदिन्छु भन्नुभयो । त्यसपछि त म धनि भै हाले नि मैले त्यो ८० हजार साईला दाईलाइ दिए र साईला दाइको विवाह बाजा बजाएर धुम धाम सगँ भयो त्यसपछि हामी दाजुभाई मिलेर पत्रिका बेच्ने काम ग¥यौ ।

म विहान ४ बजे उठेर १ घण्टाको बाटो हिडेर जानुपर्थो म बस्नी धोविचौर स्कुल बागबजार जानुपर्थो अरु ठाउँमा विहानमा नपढउने र विहान काम गरेर दिउँसोमा पढ्दा काम अपुरो हुने त्यही भएर दिनभरी हिड्दा हिड्दा असाधै थकाई लाग्थो ।

त्यसपछि मेरो जेठो दाईले ससुरालीले दिएको सम्पति सबै सकाउनु भएछ र पछि म सगँ मिलेर काम गर्न आउनु भयो । हमी सबै एकै ठाउमा बसेर काम ग¥यौ । पछि मैले यसो गर्दा म सँग पैसा बचेन पैसा नबचेपछि यसो गरे भने म त पहिलाको अवस्थामा आउनी भए भनेर अव म सक्दिन भने मैले गाउँमा घर किनेको थिए। दाईले चितवनमा मलाई ढाटेर जग्गा किन्नु भएको रहेछ ।

मलाई दुःख पर्दा मलाई दाईले १० हजार दिनुभएको थियो अनि मैले दाईलाइ हजुरको र मेरो सम्पति भाग लगाउँ भने । भाग लगायो त्यसपछि गाउँको काठ, ढुङगा, दाउरा बेचेर २२ हजार आयो मैले गाउँको घर लिए । दाईलाइ चितवनको जग्गा दिए फेरी मैले एक्लै व्यापार गर्न लागे ।

मैले म्यूरको प्वाख व्यापार गर्न थालेँ, हाम्रो गाउँको आर.पि. घिमिरे र म मिलेर गर्ने थाले मैले सबैलाई गाईड लाइन गर्ने दयराज भन्नि सबैलाई मैले गाईड गर्थे । यसो गर्दा गर्दैै मैले मजुरको प्वाख वेच्दा वेच्दै पोखरा आईपुगे । पोखरामा मैले राजकुमार बराल दाइलाई भेटे त्यो दाइले रेशम किराको व्यापार गर्दो रहेछ ।

‘भनेको बेला आइदैन खोजेको बेला पाइदैन ’ भन्दै म मयुरको प्वाख हल्दाउदै गए र मलाई त्यो दाइले बोलाउनुभयो र दाइले मलाई २ ओटा आखा भएको म्युरको प्वाख पाउँछ भनेर सोध्नु भयो । मैले पाउँछ भन्दि । मैले नि देख्न त कहाँ देखेको थिए र । मैले नि यो त धेरै महगो पर्छ भन्दिए तर म सँग अहिले पैसा छैन म इन्डियामा बस्छु म जमिनदारको छोरा हो भन्यो । मलाई अनि के लाग्यो भनि यो मान्छेले किन्छ जस्तो लाग्यो त्यसपछि मलाई त्यो मान्छेले कहिले ल्याउछौ भन्नु भयो । म पछि ल्याइदिन्छु भने । मयुरको प्वाँख बेचर अहिले सम्म म सँग २ लाख जति संकलन थियो ।

एक दिन घरबेटी आमाले मलाई विवाह गर्ने हो भनेर सोध्नुभयो त्यसपछि मैले धनि भएमात्र विवाह गर्छु भने । दिमागमा नै पैसा सोच्ने म चितवनमा घर भएकी एक्ली छोरी भनेपछि नमान्ने कुरै भएन ।

धुमधामले विवाह भयो भएको ४ लाख नि स्वाहा । मेरो श्रीमति र्भखर ६ कक्षामा पढ्दैथि त्यसपछि फेरि आर्थिक अभाव खड्कियो घडि बेच्न सुरु गरेँ, मलाई घडिवाले भनेर नचिन्ने मानिस कोही थिएन ।

एक दिन घडि बेच्दै गर्दा मेरो घडि, माला सबै चोरी भयो त्यसपछि मैले न्याय माग्नको लागी सबै ठाउँमा गए तर मैले कहि पनि न्याय पाईन पछि म राकेस भन्नि केटाहरुको ग्याङमा गए । उनिहरुले मलाई सहयोग गरे । उनिहरुले मेरो घडि, माला सबै फिर्ता गराइदिए । मेरो घडि चोर्नी मानिस लाई २५ सय रुपैया जरिवाना तिर्न लगाए । मैले के सोचेँ भने अब म घडि बेच्दिन भनेर सबै घडि माला सबै खोलामा लगेर फ्याकिदीए ।

‘दबाएर खानी दुनिया रहेछ दबेर खानी दुनिया रहेनछ’ । त्यसपछि म ग्रीन स्फोट नेपाल भन्नी समुह रहेछ । म त्यसमा प्रवेश गरे । यसो केटाहरुसँग हिडे र त्यसपछि मैले अनिल, राकेश दाईहरुसँग मलाई पैसाको समस्या पर्यो भनि मलाई दाईहरुले १५ हजार रुपैया दिनु भयो । १५ हजार मध्य मैले ५ हजार रुपैया श्रीमतिलाइ दिए । बाकि १० हजार रुपैयाँ मैले राखे । अनिल दाईहरुसँग पैसा कसरी कमउदो रहेछ भन्ने आइडिया मैले सिके । त्यसपछि मैले एउटा संस्था खोले ‘जल जमिन र जङगल जनस्तर र जनचेतना’ को अभिवृद्वि गर्ने भनेर लागे । त्यसपछि ग्रीन स्फोट नेपाल सरसफाई गर्ने, लागु औषधि नियन्त्रण गर्ने भनेर मलाई सबैले सहयोग गरे त्यसपछि हामीले जो जोसले फोहोर ग¥यो तिनीहरु सगं पैसा उठायौं ।

समयको गतिसँगै मैले यो समाजमा केहि गर्नुपर्छ भन्ने उदेश्यका साथ हाल पोखराको सिर्जनाचोकमा सिर्जना मिनि मार्केट, पोखरा सस्तो बजार संचालनमा ल्याए । अहिले मेरो व्यापार राम्रो संग नै चलेको छ । काम गर्ने क्रममा विभिन्न आरोह अवरोह र उल्झनहरु झेल्नु पर्दो रहेछ । ज्यानको समेत जोखिम मोलेर अघि बढे अन्तः सत्य सामु कसैको केहि लाग्दैन । म अडिग र अठोटका साथ निरन्तर अवरोध, विरोधका बीचमा पनि कति पनि बीचलित नभई अगाडि बढिरहे ।

हाल मेरो महिनाको ४०-५० लाख आम्दानी हुन्छ । सामाजिक हिसाबले म आफू बनेर मात्रै हुदैन अरुलाई पनि बनाउन सक्नुपर्छ भन्ने मेरो सोचाई हो । सस्तो बजारको सन्दर्भमा मलाई कैयौँ पटक आक्रमणको प्रयासहरु भए ।

आज भन्दा करिब एक बर्ष अगाडि मेरो ज्यान लिने उदेश्यले म माथि सांङघातिक आक्रमण भयो । मेरो शरिरमाथि रडहरु बर्साए । खुट्टा भाँचिदिए । म उपचारको लागि ९, १० महिना अस्पतालमा नै बसे । ठूलो भाग्यले भन्नुपर्छ म बाँच्न सफल भए मैले मृत्युलाई पनि जितेको छु । अब समाजको मन अझै जित्नु छ ।

अब बुद्धचोक मिरमिरे विभाग बनाउन लागेको छु । २ जना मिलेर ५ रोपनि जग्गामा ६ तला २० वर्षको लागी ४०÷५० करोड लगानि गर्ने लागेको छौ । हेरौ यस काममा म अवश्य सफल हुनेछु । मलाई मृत्युसँग डर लाग्दैन । म कैयौ पटकको आक्रमणमा मृत्युलाई जितेर आएको छु ।

भनिन्छ असिनाले खाएको मकै र दुःखले खाएको छोरा भविष्यमा झन सप्रेर आउछ ।

गरिबको भाग्य पथ्थर मुनि भने झै मैले संघर्षको लागि कहिले पनि पाइला लरबराइन । जिन्दगीमा जे गर्नु छ त्यो बारम्बार नथाकी र नआत्तिका अघि एक दिन सफलता अवश्य पाउने रहेछु । म आफै पनि आज यो ठाउमा आइपुग्न सानो तिनो मेहनत र परिश्रमले होइन ।
कतिको बचन खाइयो त कतिको कुटाई पनि । अब गर्नु छ केवल यो समाजको लागि मैले आफ्नो लागि त जे गर्नु थियो त्यो गरिसके । खतिवडाको यो भनाई सँगै धादिङमा मात्र होइन देशभर शिक्षा स्वास्थ्य खाद्य सहयोग गर्दै आएका छन् ।

उनले भुकम्पको बेला हो या अहिले पनि व्यक्तिगत तवरबाट विद्यालय भवन बनाइदिएनन् कि अक्षयकोष खडा गरी विद्यार्थीलाई छात्रबृति सहयोग गरेनन् कि यी यस्ता दर्जनौ शिर्षकमा सहयोग गर्नु खतिवडाका लागि दैनिकी जस्तै बनेको देखिन्छ ।

सहयोग गरेर आफु कहिल्यै गरिब नबन्ने सोचका खतिवडा कुनै एनजिओ दर्ता गरेर होइन म समाजमा व्यक्तिगत रुपमै सहयोग गर्ने हो सहयोगको नाममा संस्था दर्ता गर्ने र कहि पैसा विकासमा लगाएर अरु झ्वाम पर्ने तथ्यहरु समाजमा व्यप्त छन् त्यसैले म जति सक्छु व्यक्तिगत रुपमै समाज विकासमा लगाउँछु खतिवडा भन्छन् । हामी पनि खतिवडाको त्यो उत्साह जाँगर र परिकल्पनाको उच्च सम्मान गर्दछौ । (कुराकानीमा आधारित प्रस्तुतिकरणः सरस्वती खाँड ठकुरी धादिङपोष्ट डटकम)