अनुहार सुन्दर र सफा राख्ने उपाय

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १९, २०७५

अनुहारमा खटिरा जस्ता दानाहरु वा कालो दाग आएर धेरै व्यक्तिहरु हैरान देखिन्छन् । डण्डीफोरले अनुहारको सौन्दर्य बिगारेकोमा चिन्ता लिईरहनु पर्दैन । जीवनशैली र खानपानमा ध्यान दिने हो भने डण्डीफोर जस्ता समस्याहरुबाट मुक्त हुनसकिन्छ । अनुहार सुन्दर राख्ने सामान्य उपायहरु यस प्रकारको छ ।

१. साबुन र रसायनयुक्त फेसियल प्रयोग नगर्नुहोस

अनुहार सुन्दर बनाउने होडमा जताभावी फेसियल क्रिम प्रयोग गर्ने वानीलाई त्याग्नुहोस् । यसैले अनुहारको चमक बढाउन र डण्डीफोरको उपचारको लागि ओलिभ आयल, कागतीको रस, खाने सोडा, आलु, गोलभेंडा, मह, चन्दन पाउडरलाई उपयोग गर्न सकिन्छ ।

५. मानसिक तनावबाट मुक्त हुनुहोस्

मानसिक तनावले पनि छालालाई असर गर्दछ । योग, ध्यान गर्ने बानी बसाल्नु राम्रो हुन्छ । नीम पानीले अनुहारमा ५–७ मिनेट बाफ लिनु राम्रो हुन्छ । तनाव मुक्त मानिसको अनुहार चम्किलो र सुन्दर हुन्छ ।

३. प्रशस्त पानी पिउनुहोस्

सबै मानिसले उमालेको पानी पिउने बानी बसाल्यो भने आधाभन्दा बढी रोग स्वातः कम हुने विज्ञहरुको दाबी छ । धेरै मानिसहरु पानी कम पिउँने गर्दछन् । यसरी पानी कम पिउँदा पनि शरीरको स्वास्थ्यमा असर पार्दछ । नियमित पानी पिउँदा अनुहारमा चमक आउँछ ।