धादिङ अस्पतालमा अमिवा जिवाणुले पखालाका विरामी बढे

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १८, २०७५

धादिङबेसी बैशाख १८ । धादिङबेसीमा खानेपानीका कारण हुने अमिवा जिवाणुको संक्रमणले जिल्ला अस्पतालमा पखालाका विरामीहरु बढेर गएका छन् ।

विगत केहि दिन यता सदरमुकाममा कुल उपचार गराउन आएका विरामी मध्य एक तिहाई विरामीहरुमा अमिवा जिवाणु फेला परेको जिल्ला अस्पतालका सुचना अधिकारी कृष्णलाल उप्रेतीले धादिपोष्टलाई बताए । उनले पखालाका रोगीहरुको दिशाा माइक्रोसकोप जाँचपछि प्रायस सबै विरामीहरुमा अमिवा जिवाणु भेटिएको बताए ।

रोगका लक्ष्यण
सुरुमा पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, खानमन नलाग्ने, शरीर आलस्य हुने तथा जलवियोजन हुने जस्ता लक्ष्यण देखा पर्ने समेत स्वास्थ्य कर्मी कृष्णलाल उप्रेतीले बताए । यो जीवणु संक्रमण पछि १ वर्ष मुनिका बालबालिका देखि बृद्ध उमेरका समेतलाई यो लक्ष्यण देखिने छ ।

रोकथाम
पानी उमाले र वा शुद्धिकरण गरेर मात्र पिउने
हात सफा सँग साबुन पानीले धुने
सफा र ताजा खाने कुरा मात्र खाने बासी खानेकुरा नखाने
काँचो खाने कुरा राम्रो सँग धोएर मात्र खाने
गेडा गुडीको झोल प्रयाप्त मात्रामा पिउने