मोबाइल चलाउदा बालबालीकामा पर्ने असर

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १८, २०७५

के तपाईले आफ्ना नानीहरुलाई मोबाइलको अधिक प्रयोग गर्ने अवसर दिनुभएको छ । मोबाइलमा रमाउने नानीहरुको आँखा सुख्खा हुने, दीर्घकालमा आँखामा एलर्जी हुने तथा आँखा चिलाउने समस्या आउन सक्छ ।

त्यस्तै, स–साना बालबालिकाले अक्षर पढ्दा अति नजिक राखेर पढ्ने बानी गर्न नहुने, डिमलाइट तथा वाइडलाइटमा पुस्तक पढ्ने गर्नाले पनि आँखालाई समस्या हुने पौडेलको धारणा छ । उमेर अनुसार अर्थात ४५ वर्ष नाघेका व्यक्तिमा मोतियाबिन्दु रोग लाग्न सक्ने सम्भावना हुन्छ । आँखाको पर्दा च्यातिएर हुने समस्या विशेष गरेर चोटपटक लागेर वा दुर्घटना भएर हुने गरेको छ ।

बच्चामा ब्रेन ट्युमर
ब्रेन ट्युमरले बच्चाको आँखा देख्ने क्षमतामा ह्रास ल्याउँछ । चिकित्सा विज्ञानले अहिलेसम्म यसको ठ्याक्कै उत्तर खोज्न सकेको छैन । हालै भएको एउटा अनुसन्धानले बच्चाको कान नजिकैको मस्तिष्कमा क्यान्सरयुक्त ट्युमरको समस्या बढिरहेको छ ।

ब्रेन ट्युमरबाट वयस्क मानिस बढी पीडित हुन्छन् । बच्चामा हुने क्यान्सरको ब्रेन ट्युमर दोस्रो ठूलो कारण हो । तर, बच्चामा हुने ब्रेन ट्युमरको भने राम्रोसँग उपचार हुन्छ । धेरै मानिसमा ब्रेन ट्युमरबारे चेतनाको अभाव छ । यस्तो समस्या सुरुवाती चरणमा थाहा भएमा भने राम्रोसँग उपचार गर्न सकिन्छ । क्यान्सरपीडितमध्येका करिब दुई प्रतिशत मानिस ब्रेन ट्युमरबाट ग्रसित हुन्छन् ।