नारायणी अस्पतालमा भ्याक्सिनको अभाव

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १८, २०७५

वीरगंज,वैैशाख १८। नारायणी उप क्षेत्रीय अस्पताल वीरगंजमा रेविज भ्याक्सिनको अभाव भएपछि बिरामी मर्कामा परेको छ ।

कुकुरले टोकेर भ्याक्सिन लगाउन अस्पताल आउनेहरुको संख्या दिनप्रति दिन बढ्दो छ । तर अस्पतालमा भ्याक्सिन नभएपछि पीडतहरु महँगो मूल्यमा अन्य स्थानबाट भ्याक्सिन किन्न बाध्य छन् । एक महिनादेखि अस्पतालमा भ्याक्सिनको अभाव भए पनि सम्बन्धित निकाय मौन छ ।

अस्पतालले मध्यमाञ्चल क्षेत्रीय मेडिकल स्टोरबाट हरेक महिना ८ सय भ्याक्सिन प्राप्त गर्दै आएको थियो । तर केही महिना यता ४ सय भ्याक्सिन मात्र उपलब्ध भएको छ । अस्पतालले भ्याक्सिन नभएको सूचना टाँसेको छ ।