काठमाडौं,वैशाख १४। नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास भएको छ । पाँच वर्षभित्रमा पाँच सय मेगावाटसम्म सोलार प्लान्ट राख्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाटको सोलार प्लान्टको शिलान्यास गरिएको हो ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलीयतपूर्ण ऋणमा निर्माण हुने प्लान्टको काम एक वर्षभित्रमा सकेर विद्युत राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखिएको छ । सोलार प्यालन राखी त्यसमार्फत दिउसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
हाल राष्ट्रिय प्रणालीमा अधिकांश विद्युत जलविद्युत आयोजनाबाट प्रवाह भइरहेको अवस्थामा सोलार प्लान्ट स्थापनासँगै सरकारले अगाडि बढाएको ऊर्जा मिश्रण कार्यान्वयनतर्फ अघि बढेको छ ।
प्राधिकरणले आगामी पाँच वर्षभित्रमा पाँच सय मेगावाटसम्म सोलार प्लान्ट राख्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले शुक्रबार मध्यान्ह देवीघाट जलविद्युत केन्द्र परिसरमा स्थापना हुन लागेको नेपालकै सवैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास गरे ।