लामखुट्टे सम्बन्धि घरेलु उपाचार

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख १३, २०७५

गर्मी र वर्षायाममात्रै होइन पछिल्ला वर्षमा जाडो याममा पनि लामखुट्टेको विगविगी झन बढेको छ । गर्मी याम शुरु भएसँगैं लामखुट्टेको प्रकोप शुरु भइसकेको छ । आधिकांश रोग लामखुट्टेको टोकाइबाट हुने चिकित्सकहरु बताउँछन् । लामखुट्टे  बाट  कसरी बच्ने भन्नेबारेमा घरेलु उपचार बारे यहाँ जानकारी गराउदै छौंः

ल्वाङ र नरिवलको तेल
ल्वाङको तेलको बासनाले लामखुट्टे भाग्दछ । त्यसैले नरिवलको तेलमा ल्वाङको तेल मिसाएर शरीरमा लगाउँनुस् । यति भएपछि लामखुट्टेले तपाईलाई टोक्दैन ।

कपूरको धुवाँ

लामखुट्टेबाट बच्न कपूरको पनि प्रयोग गर्न सकिन्छ । कपूरको दाना बालेर कोठामा राखेमा लामखुट्टे आउँदैन वा कपूरको धुवाँको बासनाले लामखुट्टे भाग्दछन् । यो लामखुट्टे भगाउनु सबैभन्दा सस्तो र सजिलो तरिका हो ।

नीमको प्रयोग
नीमको पात बालेर घरमा धुवाँ बनाएर पनि लामखुट्टे भगाउन वा हटाउन सकिन्छ । जसले घरमा भएका सबै लामखुट्टे मर्दछन् । लामखुट्टेका साथै अन्य किराहरु पनि मछैन । तर घरमा कसैलाई श्वासप्रश्वास सम्बन्धी समस्या छ भने सवधानी अपनाउनु भने नभुल्नुस् ।