लोमो समयपछि बेदनीधि र रामनाथ अधिकारी सँगै

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख ११, २०७५

धादिङ बैशाख ११ । धादिङको वाम आन्दोलनका संस्थापक नेता बेदनीधि अधिकारी र नेपाली काँग्रेस धादिङका प्रभावशाली नेता रामनाथ अधिकारी धेरै समय पछि सँगै देखिएका छन् ।

एउटै गाउँमा जन्मिएका फरक फरक विचार धाराको पार्टीमा आवद्ध यी दुई नेतालाई एकै ठाउँ लामो समय पछि एकै ठाउँमा ल्याएको हो अधिकारी बन्धुहरुले । कश्यप गोत्रीय अधिकारी बन्धुहरुले आयोजना गरेको प्रथम जिल्ला अधिवेशन मंगलबार यी दुई नेताहरु लामो समय पछि एकैठाउँमा भेटिएका हुन् ।

जिल्लाभरीका सबै अधिकारीहरुलाई गोलबन्ध गर्ने तथा बंसज र बन्धुत्वको अस्तित्व र पहिचान स्थापित गर्ने उद्देश्यका साथ आयोजित अधिवेशनले तोयानाथ अधिकारीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको थयो ।

जसको उपाध्यक्षमा विष्णु प्रसाद अधिकारी, सचिवमा रामहरि अधिकारी, कोषाध्यक्षमा अम्बिका अधिकारी र सहसचिवमा गोपाल प्रसाद अधिकारी रहेका छन् ।

अधिवेशनले ८ जना केन्द्रीय प्रतिनिधि र ४ जना केन्द्रीय पर्यवेक्षकको पनि चयन गरेको छ । प्रथम अधिवेशन तदर्थ समितिका संयोजक तोयानाथ अधिकारीको अध्यक्षतामा आयोजित अधिवेशनको प्रमुख अतिथिमा नरेन्द्र कुमार अधिकारी रहेका थिए भने काङ्ग्रेसका नेता रामनाथ अधिकारी, माओवादी नेता बेदनिधी अधिकारी अतिथि रहेका थिए । संजय देवकोटाले धादिङपोष्टलाई बताए ।