मौसममा आउने परिवर्तनसँगै आउने स्वास्थ्यमा सनि विभिन्न समस्या देखा पर्न सक्छ । जस्तो कि रुघा लाग्ने, ज्वारो आउने, टाउको दुख्ने, जिउ दुख्ने आदी । संक्रमित व्यक्तिले खाक्दा,हाछ्युँ गर्दा, बोल्दा मुखबाट निस्कने कीटाणुयुत्त पानिको कारण हावाको माध्यमले वातावरणमा फैलीन्छ ।
मौसमी रुघाखोकीले खासगरी बालबालीका, वृद्धवृदा, गर्भवती महिला र रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई सताउने गर्छ । कतिपय रोग अस्वस्थकर जीवनशैली र खानपानका कारणले पनि लाग्ने गर्छ । त्यसैले जंकफुड, पानिपुरी,चटपटेलगयत खानेकुराको प्रयोग नगर्दा राम्रो । पानि तताएर मात्र पिउने बानीको विकास गर्नुपर्छ । अस्वस्थकर पानीका कारण थुपै प्रकारका रोग लाग्ने गर्छ । सामान्य रुघादखोकीलाई बेवास्ता गरेर उपचार नगराएमा इनफ्लुएन्जाका कारण जटिल समस्या हुन सक्छ । यदि रुघा लागिरह्यो भने चिकित्सककहाँ पुग्नुपर्छ ।