कब्जियत पाचन प्रक्रियामा गडबडीका कारण हुने एक रोग हो । मल निष्कासनको स्वभाविक आवृत्तिमा ढिलाई हुनु, सरल तरिकाले मल त्याग गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपटक पनि सजिलोसँग दिसा गर्न नसक्ने अवस्थालाई कब्जियत भनिन्छ ।
कब्जियतका कारणः
कम पानी पिउनु कब्जियतको सबैभन्दा मुख्य कारण हो । कब्जियत नयाँ वा पुरानो जे भए पनि उपचारका साथै पर्याप्त मात्रामा पानी पिउने बानी बसालौं । बिहान दिसा गर्न जान अल्छी गर्नु, कम खाना खाँदा मल पनि कम बन्नु र भोक नलाग्नाले पनि कब्जिय हुने गर्दछ ।
कब्जियतको आयुर्वेदिक औषधी र घरेलु विधी
घरेलु उपाय र उपचारका विधीहरु ।
१. सुत्नुअघि राती तातो दुधमा एक चम्चा घ्यू हालेर पिउनुहोस् २. दुधमा चीनीको साटो मह वा मिश्री प्रयोग गर्नुहोस् ।
२. तुरुन्त पेट सफा गर्न कागती पानीले पनि सहयोग पुर्याउँछ ।
३. चार चम्चा सौफ एक गिलास पानीमा उमाल्नुहोस् र पानी चिसो भएपछि त्यसलाई छानेर पिउनुहोस् ।
पुरानो कब्जियतका लागिः
२५ ग्राम किशमिशलाई रातभरी पानीमा भिजाउनुहोस् र नियमित बिहान सेवन गर्नुहोस् ।
कब्जियतबाट बच्ने उपायः
आफ्नो आहारमा यस्ता खाना समावेश गर्नुहोस् जसलाई पचाउन शरिरले धेरै मेहनत गर्न नपरोस् । यसका लागि खानालाई मज्जाले चपाएर खानुहोस् ।
म्रोसँग पेट सफा भएको छैन भने तारेको भुटेको खानेकुरा नखानुहोस् । साथै मैदा, बेसन र मसालेदार भोजन पनि नखानुहोस् ।
खाना खानु एक घण्टा अघि कम्तीमा एक गिलास पानी पिउनुहोस् ।
आफ्नो खानामा फाइबरयुक्त खानेकुरा समावेश गर्नुहोस् ।
खाना खाने बेला वा खाएको कम्तीमा आधा घण्टाभित्र पानी नपिउनुहोस् ।