काठमाडौं वैशाख, ५ । बुधबार भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल र बंगलादेश एकै समूहमा परेका छन् ।
प्रतियोगिता आगामी सेप्टेम्बर ४ देखि १५ सम्म बंगलादेशमा हुनेछ ।
बुधबार भएको ड्रमा नेपाल समूह एमा परेको हो । यो समूहमा आयोजक बंगलादेशसँगै पाकिस्तान र भुटान छन् । समूह बीमा भारत, माल्दिभ्स र श्रीलंका छन् ।