विशेषगरि तराईमा गर्मीयामसँगैसँगै लामखुट्टेको हैरानी पनि सुरु हुन्छ । वरपर लामखुट्टेको आवाज सुनेमा मानिस इरिटेड हेन थाल्छन् । यसको टोकाइले पनि मानिसलाई पीडा लिने गर्छ । यसको टोकाई खतरनाक हुनुको कारण हो व्याक्टेरिया,भाइरस र प्यारासाइट्स जसले मानिसलाई बिरामि बनाउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार लामखुट्टेको टोकाइबाट संसारमा प्रत्येक वर्ष १० लाखभन्दा बढी मानिसको मृत्यु हुने गर्छ ।
लामखुट्टेको टोकाइबा ६ खतरनाक रोग
१. मलेरिया
प्यारासाइट प्लासमोडियमको कारण मलेरिया लाग्ने गर्छ । संक्रमित एनोफेलिज लामखुट्टेले टोकेपछि मलेरिया फैलने गर्छ । यसले पहिला कलेजोमा प्रभाव पार्न थाल्दछ । टाउको दुख्ने,बान्ता हुने यसको लक्षेण हो ।
२. डेंगु फिभर
डेंगु भाइस एडिज इजिप्टी प्रजातिको लामखुट्टेबाट फैलने गर्छ । डेगु फिभरले उच्च ज्वारो, टाउको मासंपेशि र हाडमा दुख्ने गर्छ । यो रोग लागेपछि मानिसलाई यति साह्रो पीडा हुन्छ कि दुखाईले हड्डी नै खिइने गर्छ ।
३. चकनगुनिया
चिकनगुनिया पनि लामखुट्टेको टोकाइबाट फैलने रोग हो । यसले शरिरको सम्पूर्ण जोर्नीमा प्रभाव पार्ने गर्छ । यसले जोर्नी, मासंपेशी र टाउको दुखाउने गर्छ । यसको विशेष उपचार भने छैन ।
४. जिका फिभर
एडिज प्रजातिको लामखुट्टेले टोकेपछि जिका फिभर समस्या हुने गर्छ यसको सक्रमणबाट ज्वाइन्ट मसल्स पेनको समस्या हुन्छ ।
५. फिम्फेटिक फिलेरियासिस
लिम्फेटिक फिलेरियासिस बु्रइया मलयी, बनेक्राफी, बु्रइया टिमोरीजस्ता पराजीवीका कारण लाग्ने गर्छ । यसको कारण सुनिने समस्या पनि हुन्छ ।
६. जापानि इन्सेफ्लाइटिस
यो एक प्रकारको भाइरस हो ।जुन लामखुट्टेको टोकाईबाट फैलने गर्छ । यसको कारण कस्तिष्क सुनिन्न थाल्छ । यसले लामो समय मस्तिष्क पक्षेघातको समस्या गराउँछ र मानिसको मृत्यु हुन्छ ।