बद्रीप्रसाद दाहाल
प्रकृतिसित संबन्धित चिकित्सा नै प्राकृतिक उपचार पध्दति हो । प्रकृति विज्ञान नै सम्पूर्ण विज्ञानको स्रोत र ओत हो । प्रकृतिको महिमा गाउँदै भर्तृहरिले भनेका छन् ।
‘माता मेदिनी तातमारुत सखा, तेजः सुबन्धुःजलः ।
भ्रातव्र्योम निवध्द एवभवतामन्तः प्रमाणाञ्जलिः ।।’
अर्थात् पृथ्वी मेरी आमा हुन्, वायु मेरा पिता, आगो मेरो साथी, पानी मेरो बन्धुवान्धव र आकाश मेरो दाजुभाइ हुन् । यसैले म सबैलाई प्रणाम वा नमस्कार भन्न चाहन्छु ।
यसको मतलव प्रकृति नै हामी बाँच्ने नाच्ने र हाँस्ने आधार हो । हो, होलिस्टिक हेल्थ प्रकृति र विज्ञानको सन्तुलनमा मानव जीवनलाई सुसंम्वृध्द पार्दै सशक्तीकरण ल्याएर जीवन शैलीमा परिवर्तन गरी सुस्वास्थ्य बनाउने अभियानमा क्रियाशिल रहेको संस्था हो । प्रकृतिमा उब्जिएका तमाम प्राणीहरु एक अर्कासित संबन्धित अन्तर संबन्धित छन् ।
यतिखेर नेपालभरि १५ भन्दा बढी शाखा र ५० वटा भन्दा अधिक परामर्श केन्द्र एवं उत्पादित सप्लिमेन्टका बिक्री कक्षमा फिँजारिएर जनताको विश्वास जित्न यो संस्था सफल हुँदै गएको छ । सतही रुपमा हेर्दा यसका उत्पादनहरु केही महँगो जस्तो लागे पनि यसको गुणवत्ताले त्यसलाई छायाँमा पारेको छ । मानव जीवन अमूल्य भएको हुँदा यसका शारीरिक र मानसिक पक्षलाई स्वस्थ र क्रियाशील बनाउने क्रम पनि महँगो हुनु स्वाभाविकै हो ।
मूलतःहाम्रो आनीबानी र जीवन शैलीमा परिवर्तन गरेर रोग लाग्ने अवस्थाबाट रोगै नलाग्ने थितिमा पु¥याउँन सक्नु सफल जीवन जिउने कला हो । जसलाइ होलिस्टिक हेल्थले अनुसरण गरेको छ । यो संस्थाको दृष्टिकोण वा अप्रोज मान्छेको आत्मा, शरीर तथा मस्तिष्कको संयुक्त (माइण्ड, बडि र सोलको) सशक्तीकरण र सबलीकरण अनुभव हुन्छ ।
यतिखेर होलिस्टिक हेल्थका केही नमुना उत्पादन जसले शरीरका कोष कोषमा अक्सिजन र पोषण तत्वहरु पु¥याएर रोगहरुलाई प्रतिरोध गर्ने तागत दिन्छन् तिनको छोटो चर्चातिर लागोैँ ।
१. ‘एलोभरा’ जसलाई हामी घिउकुमारी भनेर चिन्दछौँ । यसले शारीरिक प्रक्रिया सुगठित बनाउनाका साथै विभिन्न किसिमका दुखाइहरुलाई निस्तेज पार्दछ ।
२. ‘कर्डिसेप्स’ जसलाई हामीहरु यार्सागुम्वा भनेर चिन्छौँ । यसले यौन दुर्बलता हटाउँछ , हाम्रो श्वास प्रश्वास र रक्तसञ्चारको प्रवाहलाई सक्रिय बनाएर कलेजो तथा मृगौला रोगमा समेत आराम पु¥याउँछ । नेपालको हिमाली भेगमा पाइने यो बुटी धेरै उच्चकोटिको हो ।
३. ‘गानोदर्मा’ यो हामी रातो च्याउ भनेर जान्दछौँ, यसले संझने शक्ति बढाउँछ, मानसिक सन्तुलन कायम गरी जोस, उत्साह, जाँगर बढाउन सहायता गर्छ ।
४. ‘जिन्सेङ’ समुद्रमा पाइने बुटी हो । प्रायः अमेरिकी महादेशमा भेट्टाइने यो जडिबुटी फोक्सोलाई सबल बनाउँदै गहिरो निन्द्रा लगाउने र थकानलाई दूर गर्ने यौन वर्धक तत्व हो ।
५. ‘नोनी’ बाल स्वास्थ्य र महिलाका हितमा अब्बल बनेको नोनी पाठेघर बलियो बनाई महिनावारी र प्रजनन समस्यामा सहयोग पु¥याउँछ । यो एक किसिमको फल हो, जसलाई अमेरिका र युरोपभर भोकमरी लाग्दा र युध्दको बेला धेरै प्रयोगमा आएर खरो परीक्षणमा उत्रिएको कुरा जानाकारहरु बताउँछन् ।
६. ‘स्पिरुलिना’ खास गरेर यो बुटी पाचन प्रणालीमा सहयोग पु¥याई अङ्ग पुनःनिर्माणमा भूमिका खेल्छ । श्वासप्रश्वास प्रणाली बलियो बनाएर थकानलाई दूर गर्ने यसको क्षमता तारिफ गर्न लायक छ ।
७. ‘बार्ली’ हाडजोर्नीको समस्यालाई समाधान गर्ने क्षमता राख्ने यो बुटी बहु गुणकारी छ । क्यान्सरलाई समेत प्रतिरोध गर्ने तागत योसित भएको पुष्टि मिलेको छ ।
८.‘ऋषि’ शरीरका कोषमा रहेका बिख, विकार सफा गर्दै क्यान्सर र ट्यूमर जस्ता महा दैत्य रोग रोकेर केमोथेरापीलाई प्रभावकारी बनाउँछ । यो नसा संबन्धी समस्यामा पनि प्रभावकारी रहन गएको शोधले बताएको छ ।
९. ‘दर्माकिङ साबुन’ यसले नुहाउँदा छाला चम्किलो, चाउरीपन हट्ने, घाउ खटिरा बिसेक हुने गर्छ ।
१०. ‘आरलवाइज टुथपेष्ट’ दाँतको प्राकृतिक गुणलाई सजीव बनाउँछ , गिजाको सुरक्षा गरी हरेक किसिमका दन्तरोगलाई निमन गरेर मुख गनाउने दाँत दुख्ने दर्द निमिट्यान्न पार्दछ ।
११. ‘मसाज तेल’ शरीरलाई सुगठित, छालालाई चम्किलो र अङ्गप्रत्यङ्गको दुखाइ भगाउने यो तेल उपभोक्तामाझ यतिखेर प्रिय बन्न पुगेको छ ।
१२. ‘कफी’ मुटुको कार्य सम्पादनमा भूमिका निभाउँदै क्यान्सर ट्यूमर रोकी कलेजोलाई स्वस्थ बनाउने क्षमता छ । यसमा, गहिरो निन्द्रा लगाउने र ताजापनको अनुभूतिदिने तागत छ यसमा । गानोदर्मा कफिले त मोटोपन घटाउनुका साथै व्याक्टेरिया र भाइरसविरुध्द लड्न शरीरका कोषहरुलाई ऊर्जा दिन्छ । खास गरेर कालो कफि, रातो कफि र गानोदर्मा तीन थरीका बहु गुणकारी कफीहरुको उत्पादनले जनजीवनलाई निकै आकर्षण दिएको छ । बहुमुखी क्षमता भएका गुणकारी जडिबुटीको प्रशोधन र परिमार्जनबाट तयार भएका यी सप्लिमेन्टहरु मानव आहाराका सुआहारा अभियान हुन् । खाँदा र सेवन गर्दा कुनै पनि पाश्र्व प्रभाव (साइड इफेक्ट्) नहुने यी भोज्य पदार्थ बनावटी नभएर मौलिक वा प्राकृत (आर्टिफिसियल नभएर नेचुरल) हुन् ।
यसरी हाम्रो प्राकृतिक शरीरलाई प्रकृतिकै काखमा उम्रेका, हुर्केका बढेका र झाङ्गिएका लहरा, पात, हाँगा, चोप, हावा, गन्ध आदिलाई आधुनिक प्रविधिले परिष्कार गरेर निर्माण गरिएका खाद्य पदार्थ रोगका प्रतिरोधी महाबुटी हुन् । लड्रडू, सखर बढीभन्दा बढी सेवन गर्नाले गणेश भगवान्लाई सुगर अर्थात् चिनी रोगले सताउँदा उनी निसन्तान भए । ऋध्दि र सिध्दि दुइ श्रीमतीहरुले चिनी रोगी गणेशबाट बच्चा पाउन सकेनन् । धेरै शोध पछि देवताका डाक्टरहरुले गणेशको नाजुक स्वास्थ्यको सुरक्षा गर्न दुबोको रस सेवन गराएर उनलाई सबल बनाएका थिए रे । हो हाम्रा घर आँगनमा भएका दुबो, सिस्नु, खनायोको फल, बेल, पारिजात कयौँ झार रुख हाम्रै सुख र सुरक्षाका कबच हुन् । जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पा बिँड भने जस्तै मात्रा मिलाउन, परिष्करण गर्न र कति मितिसम्म निर्मित वस्तु खान योग्य हुन सक्छन् त्यो बारे गहिरो अनुसन्धान गर्न आवश्यक छ ।
होलिष्टिक हेल्थ यही प्रकृतिका उपहारलाई विज्ञानको कसीमा ढालेर विविध सप्लिमेन्ट निर्माणमा अभ्यस्त छ । त्यसैले त यसलाई सन्तुलित स्वास्थ्यको अग्रगामी अभियान भनेका हुन् ।