धादिङ चैत्र १७ । धादिङको गल्छी गाउँपालिका गल्छीबाट श्रीमतीलाई छुरा प्रहार गरि हत्या गरेको अभियोग लागेका प्रकाश तामाङ पक्राउ परेका छन् ।
काठमाडौ चन्द्रा गिरीमा बस्दै आएकी २३ वर्षीया रमिता भनिने नमुना लामाको हत्याको अभियोग लागेका प्रकाशलाई शनिबार धादिङ गल्छीबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार नमुना र प्रकाशबीच ६ वर्ष अघि जिवाद भएको थियो । तर, ६ महिनापनि सम्वन्ध राम्रो रहेन । दुबैले एकाअर्कालाई शंका गर्ने र झगडा गर्ने गरेका थिए ।
नमुनाले बाहिरी केटाहरुसँग हिमचिम बढाएको र सोधपुछ गर्दा डिभोर्सको कुरा गर्ने गरेका कारण प्रकाशले २०७३ सालमा विया सेवन समेत गरेका थिए । प्रकाशले प्रहरीलाई दिएको बयान अनुसार नमुना एक महिनाअघि नैकापस्थित दिदीको घरमा गएकी थिइन् र घरमा बाबु र आमा बिरामी भएको र बच्चा एक्लै पर्दा पनि घरमा आएकी थिइनन् ।
उनी बिहीबार नैकाप पुगे तर, नमुनालाई भेटेनन् । शुक्रबार जाँदा नमुना कुवामा लुगा धोइरहेकी थिइन् । उनीहरुबीच त्यही विाद भयो र त्यही क्रममा प्रकाशले घरभित्र गएर छुरा ल्याई श्रीमतीको हत्या गरे । प्रकाश भागेर धादिङ गल्छीस्थित ठूलीआमाको घरमा घरमा बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । ।