कतारमा अलपत्र नेपाली कामदार कमिसन बुझाउँदै

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ११, २०७४

काठमाडौ चैत्र ११ । विभिन्न म्यानपावर कम्पनीमार्फत कतार पुगेर अलपत्र परेका नपाली कामदरा गैरकानुनी हैसियतमा काम गर्न बाध्य भएका छन् ।

कतारस्थित नेपाली राजदुतावासले उद्धारमा कमिसन दिएर त्यहाँका विभिन्न कम्पनीमा काम गर्न बाध्य भएका हुन् ।

नेपाली कामदार अलपत्र परेर बसेको स्थान अलओफरा नेपाली दुतावास रहेको दोहाबाट गाडीमार्फत तीन घन्टाको दुरीमा छ ।

तर, हालसम्म दुतावासबाट अलपत्र कामदार भेट्न कोह िपनि पुगेका छैनन् ।

तीन साताअघि उनीहरुले दतावासमै पुगेर आफुहरुको उद्धारका लागि आग्रहसमेत गरेका थिए ।

तर, अलिहेसम्म पनि कुनै सुनुवाई नभएको गुनासो उनीहरुको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।