नेपालको नयाँ रकर्ड अल्ट्रा म्याराथुनमा सुनमायाँ बुढा प्रथम

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ११, २०७४

काठमाडौं चैत्र ११ । नेपालकी सुनमाया बुढाले निर्धारित दुरी ५ घण्टा ३६ मिनेट २९ सेकेन्डमा पार गर्दै नयाँ रेकर्ड बनाउन सफल भएकी छिन् ।

पुरुष समुहमा प्रथम हुने बेलायतका Simon Castro Woolridge को समय ५ घण्टा ३८ मिनेट ३७ सेकेन्डलाई २ मिनेट १ सेकेन्डले पछि पार्दै ओभरअल प्रथम हुन् सफल अल्ट्रा म्याराथुन खेलमा विश्वमा महिलेले पुरुषलाई प्रथम स्थानको लागि जितेको रेकर्ड यो पहिलो हो ।

२०७४ चैत्र १० गते सम्पन्न ५४ किलोमिटर अल्ट्रा म्याराथुन Temple to Templel ( Stupa to Stupa) 54 KM Ultra race प्रतियोगितामा काठमाडौँको स्यम्भु बुद्ध मन्दिरबाट सुरु भई जमार्चोक, मुडखु ,तिनपिप्ले, गुर्जेभन्ज्यांग, डाडागाउँ, नागी, कपन, हुदै बौद्ध मन्दिरमा समापन भएको थियो ।

प्रतियोगितामा इटाली ,फ्रान्स, स्पेन,बेलायत, हंकंग, अमेरिका, जापान, जर्मन, स्लोभिया, चीली, साउथअफ्रिका, बुल्गेरिया, मलेसिया, नेदरल्याण्ड, बंगलादेश, भारत र नेपाल लगाएत १८ देशको ९७ जना धाबक र धाविका खेलाडीहरुको सहभागिता रहेको थियो । ट्रायल रनिङ्ग नेपाल तथा बालाजु कराते डो प्रतिष्ठान, नेपालको ब्यबस्थापन र सहयोगमा भएको प्रतियोगितामा पाचौ स्थान सम्म प्राप्त गर्ने खेलाडीहरुको नामावली यस्तो छ ।

महिला तर्फ
प्रथम -सुनमाया बुढा – नेपाल
दृतिय -छेची शेर्पा -नेपाल
तृतीय- रशिला तामांग-नेपाल
चौथो- छोकी शेर्पा -नेपाल
पाचौ -JOcelyn Powelson (यु के)

पुरुष तर्फ
प्रथम- Simon Castro Woolridge (UK)
दृतिय- Keith Mcintosh (UK)
तृतीय -शेर थारु, नेपाल
चौथो -सुजल गुरुङ, नेपाल
पाचौ – अनिल वाईबा
बिजेता खेलाडीहरु १० जनालाई पदक, प्रमाण-पत्र र नगद १ लाख ५६ हजार रुपया पुरस्कार Balaju Karate-Do Academy,Nepal बाट प्रदान गरिएको थियो ।