उपेन्द्र जमकट्टेल
धादिङ किरान्चोक चैत्र ६ । गजुरी गाउँ पालिका स्थित किरान्चोकलाई एकै साथ विद्युत बाल्ने उदेश्यले वि. स. २०६९ सालमा तत्कालिन उर्जा मन्त्री स्वर्गिय पोष्ट बहादुर बोगटिले किरान्चोकलाई एकै साथ बत्ती बाल्नको लागि ९० र १० को कार्यक्रम स्वीकृति दिएका थिए । जसमा ९० प्रतिशत नेपाल सरकारले र १० प्रतिशत जसमुदायको लागतमा बाल्ने योजना स्वीकृत भएको थियो ।
स्वीकृति भए सँगै तत्कालिन बेला यस योजनालार्इ सफल पार्नको लागि जनसमुदायबाट १० प्रतिशत अर्थात ९० लाख धरौटी बुझाउनु पर्ने भयो । उक्त रकम जम्मा पार्नको लागि प्रत्येक घर सँग ५१०० को दरले उठाउन थालियो । तर सबै घरबाट उठाउन नसकेपछि ।
यस योजना असफल हुनितिर गयो । योजनालार्इ असफलबाट जोगाउनको लागि किरान्चोकका केही व्यक्ति सँग आफ्नो पुर्जा बैकमा राखि लोन ४० लाख निकालियो र एक मुस्ठ ९० लाख धरौटी बुझाइयो ।
यस एकै साथ विद्युत बाल्ने जिम्मा लिएको जय दुर्गे जिभि प्रा. लि. ले पाएको थियो । यो भन्दा ३ बर्ष अगाडिनै बाल्न पर्ने बत्ती ठेकेदारको लापरवाहिले अहिले सम्म बाल्न सकेको छैन ।पोल र तार टागेको २ बर्ष भन्दा बढी भयो तर अहिले सम्म बत्ती नबाल्दा ठेकेदारले नियम अनुसार पोल राम्रो सँग पोल नगार्दा र कसैले पनि वास्ता नगर्दा ती पोल कति ढलिसके भने तारहरु छताछुल्ल छन् ।
पटक पटक समितिले जानाकारी दिदा पनि काममा लापरवाही गरेको समितिका एक सदस्यले बताए । तर जनता भने बत्ती आउने आशा निरासा तिर गयको छ । कति त समितिले नै आफ्नो पदिय व्यवास्ता गर्दै । काममा कुनै तरातुक्ता नहुदा यति ढिला हुन पुगेको छ । समिति मै आफ्नो जिम्मेवारि बहन गर्ने भन्दा पनि केही आर्थिक चलखेलमा लागेर यस्तो हुन पुगेको किरान्चोकबासी बताउँछन् ।