एड्भान्स एकेडेमीमा ५४० जनाले आँखा चेक गरे

Avatar photo
Dhadingpost
शनिबार, चैत्र ३, २०७४

अमृत तामाङ,
धादिङबेसी चैत्र ३ ।
धादिङबेसी स्थित एड्भान्स एकेडेमीले अभिभावक तथा विद्यार्थीलाई लक्षित गरि आखाँ शिविर सम्पन्न गरेको छ ।
दृष्टि आँखा केन्द्र कलंकी काठमाडौको सहयोगमा एड्भान्सले आखाँ परिक्षण शिविर संचालन गरेको हो ।

शनिबार बिहान ११ बजे देखि सुरुभएको आँखा परिक्षण कार्यक्रममा ५४० जनाले आँखा परिक्षण गराएका थिए ।

जसमा ४६ जनाले मोतियाबिन्दुको अप्रेसन गर्नु पर्नेको संख्या रोगी भेटिएका थिए भने ४ जनामा आँखामा मासु पलाएकोले अप्रेसन गर्नु पर्ने देखियो ।

त्यस्तै एक जनाको आँसुको नलिको अप्रेसन गर्नु पर्ने, तीन जनाको लेजि आइ (अल्छि आँखा) को अप्रेसन गर्नु पर्ने, दुई जनाको आँखाको पर्दाको अप्रेसन गर्नु पर्ने शिविरमा खटिएर आएका डाक्टर भाइराजा श्रेष्ठले जानकारी दिए ।