एमाले, माओवादीलाई अवसर र चुनौति

Avatar photo
Dhadingpost
फाल्गुन १६, २०७४

केशरीप्रसाद पन्त,
नेपालको इतिहासमा २०७४ साल निर्वाचन वर्ष बन्यो । एकै पटक बडो उत्साहका साथ लोकतान्त्रिक अधिकार उपयोग गरे । संसारमा एकै वर्ष यसरी निर्वाचन भएको घटना विरलै पाइन्छ ।

२० वर्षसम्म कर्मचारीकै भरमा चलेको स्थानीय निकायले यसैपाली जनताका प्रतिनीधि प्राप्त गरे प्रदेश र प्रतिनीधि सभाका निर्वाचन सम्पन्न भए पछि जनताले आफैले वनाएको संविधान बमोजिमको शासन पद्धति मुलुकमा प्रारम्भ हुन गइरहेको छ । अव देशले राजनीतिक संघर्षको लामा दुश्चक्र समाप्त हुनेछ र मुलुक समृद्धिको दिशा तिर अघि बढ्नेछ भन्ने आशा गर्न सकिन्छ ।

हुन त सतिले सरापेको देशमा राम्रो गर्नेको भलो कहिलेपो भएको छ र ? परापूर्व कालदेखि देशको लागि केही गर्छु भन्ने व्यक्तिहरुको खुट्टा तान्ने प्रवृति यथावत् आजसम्म परम्परा जस्तै भएको छ ! वहादुर शाह, भिमसेन थापा, जहाँनिया राणा शासनको अन्त्यतिर चार सहिदहरु गंगा लाल, दशरथ चन्द्र, धर्मभक्त र शुक्रराजहरुको हत्या भयो, यही देशको भलो चिताउँदा ! राणा शासन कै विरुद्धमा २००४ सालमा नेपाली काँग्रेस र २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको जन्म भयो । फलस्वरुप २००७ सालमा राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना भयो । २००८ साल देखि २०१५ सालसम्म नेपालको अस्थिर राजनितिले फड्को मार्न सकेन र २०१५ सालमा आम निर्वाचन भयो ।

त्यस निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ मत ल्याएर सरकार गठन गर्ने अवसर प्राप्त ग¥यो । तर वि.पी. कोइरालाको नेतृत्वमा बनेको सरकारलाई रक्षात्मक स्थितिमा राख्न नसक्नाले दुई बर्ष पनि टिक्न नपाउँदै चतुर खेलाडी राजा महेन्द्रले निर्वाचित सरकारलाई अपदस्त गरी निरङ्कुश पंचायती व्यवस्था लागु गरे । ३० वर्ष सम्मको पंचायती सरकारले पनि पूरा कार्य काल काम गर्न सकेनन् र २०४६ सालको जनआन्दोलनको आँधिवेहरीले पंचायती व्यवस्थालाई ढाल्यो । वहुदलीय व्यवस्था आयो, जनताले विकास निर्माण र सु–शुसानको अनेकौ सपना देखे तर अस्थिरता, अराजकत, भ्रष्टाचारमा सरकारमा नेतृत्व गर्न दलहरुको काम सरकार ढाल्ने, बनाउने र टिमकाउने खेल वाहेक केही गर्न सुकेन सर्वसाधाणमा राजनिति दलप्रति नै वितृष्णा पैदा भयो, यसै बीचमा १० वर्ष महान् जनयुद्घ २०६२-०६३ को जनआन्दोलन भयो र लामो समयसम्म रहेको राजाको प्रत्यक्ष शासनको अन्त्य भयो । मुलुकले संघीयता प्राप्त ग¥यो । संघीय लोकतान्त्रिक गणतन्त्र भित्र राज्य सन्चालन गर्ने दलीय गठबन्धन भएको सरकारले पनि बनाउने, भत्काउने मात्र खेल खेले तर स्थायित्व, शुशासन र दिगोशान्ति दिन सकेनन् ।

नेतातन्त्र र पार्टी तन्त्रबाट वाक्क दिक्क भएका जनताले स्थिर सरकारको महसुस गरे । देशमा संविधान निर्माण भयो, कार्यान्वयन चरणमा अघि बढयो । यसै बीचमा स्थानिय, प्रदेश र प्रतिनीधि सभाको निर्वाचन घोषण भयो । फुटेर होइन जुटेर, ‘सबै वाम एकै ठाम’ भन्ने भनाइ एउटै कम्युनिष्ट पार्टी नेपालमा भयो भने देश समृद्धि तिर अघि बढ्छ भन्ने उद्देश्यका साथ केन्द्रमा एमाले र माओवादी केन्द्रका नेताहरुले चुनावी तालमेल र पार्टी एकता गर्ने घोषणा गरे । फलस्वरुप स्थिरता, विकास समृद्धि, दिगो शान्ति र सुशासनका लागि एमाले, माओवादी केन्द्रको काम गठवन्धनलाई दुई तिहाइ कै हाराहारीमा जनताले मत जाहेर गरे ।

पटक पटक कसैले पनि यस्ता अवसरहरु प्राप्त गर्न सक्दैनन् यो अवसर एमाले र माओवादी केन्द्रको गठबन्धनले पाएको छ । त्यसैले यो उसाहका लागी अवसर र चुनौति दुवै हो । अवको सरकारलाई प्रतिपक्षकोे रचनात्मक सुझाव, विगतका गल्ती कम्जोरीहरु सिंहलोकन र शक्ति सन्तुलन, जन पक्षीयका, चुनावी घोषणा पत्रमा उल्लेख गरीएका नीति तथा कार्यक्रम, पार्टी एकताका ७ बुँदे सहमती कार्यन्वयन चुनौतिका विषयहरु हुन् । भने स्थिर सरकार नचाहाने, नेपालमा कम्युनिष्ट शासन आयो भने प्रजातन्त्र नष्ट हुन्छ , वृद्धावस्थामा श्रीमान् श्रीमती एकै ठाउँमा बस्न पाइन्न भन्ने जस्ता भाषणका विरुद्धमा कानुनी व्यवस्था आयो भने देशमा स्थिर सरकार, समृद्ध नेपालको निर्माण, दिगो शान्ति ,सुशासनको सिर्जना हुन्छ भन्ने जनमत रह्यो र त्यही आधारामा स्थानीय, प्रदेश र केन्द्रमा वाम गठवन्धनले सरकार गठन गर्ने अवसर प्राप्त ग¥यो ।

यस्तो परिस्थितिमा सरकारले वुद्धिमता पूर्वक होस योजना निर्माणको गरी ५ वर्ष भित्रमा चुनावमा व्यक्त गरेका कुराहरु शुभारम्भ गरी कार्यन्वयन गर्न सकेनन्, सत्ताको लिप्सामा सुखसयल नातावाद र कृपावादलाई बढवा, विदेशि शहरमा राष्ट्रको ढुकुटी रित्याउने, मोज मस्ती गर्ने, सुत्केरी भत्ता खाने जस्ता विगतका सरकारको सीको गर्ने हो भने परीमाण पछि हीनताबोध सिवाय अरु केही छैन । त्यसैले जनमतको कदर गदै यो अवसरको सदूपयोग गर्न सक्यो भने लामो समयसम्म कसैले चुनौती दिन नसक्ने गरी प्रभाव जमाउन सकिन्छ र नेपाल कम्युष्टि पार्टी दृढ र बलियो भएको हेर्न चाहान्छन् । यो भन्दा ठूलो अवसर एमाले र माओवादी केन्द्रलाई सदा रहीरहनेछ ।