धादिङ पौष १ । मलेसिया विरुद्ध सानदार जित निकाल्दै नेपाल १६ वर्षमुनिको एसिसी पूर्वी क्षेत्रीय क्रिकेट फाइनल प्रवेस गरेको छ ।
नेपालले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको मलेसिया २१ ओभर १ बलमा ५५ रनमा अलआउट भएपछि नेपाल ७२ रनले विजयी हुँदै फाइनल यात्रा तय गरेको हो ।
मलेसियालाई सस्तैमा सिमित गर्न सूर्य तामाङले ४ तथा प्रतिष जिसीले ३ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३४ ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनाएको हो ।
नेपालका प्रतिश जिसिले २५, विशाल विक्रम केशीले १५ तृतराज दाशले १३, राज मगर र ऋत गौतमले ११ रन बनाएका छन् । नेपालले अब फाइनलमा सिंगापुरसँग खेल्नेछ ।