धादिङ पुस १ । एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । ।
थाइल्याण्डमा चलिरहेको प्रतियोगितामा समूह ‘ए’ को विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुगेको हो । नेपाल रहेको समूहमा आयोजक थाइल्याण्ड सहित हङकङ र म्यानमार रहेका थिए ।
समूह ‘बी’ को उपविजेताको रुपमा मलेसियाले नेपालसँगको सेमिफाइनल भेट पक्का गरे सँगै सोह्र वर्षमुनिको खेलाडीहरुको खेल आज हुन लागेको हो ।