विश्वकप २०१८: कुन समूहमा कुन कुन देश परे ? (तालिका सहित)

Avatar photo
Dhadingpost
शनिबार, मंसिर १६, २०७४

धादिङबेसी मंसिर १६ । सन् २०१८ मा रुसमा हुन लागेका विश्वकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । आगामी बर्ष २०१८ मा जुन १४ देखि रुसमा हुने खेलको तालिका गएराति सार्वजनिक गरिएको हो ।

सार्वजनिक तालिका अनुसार रुस विश्वकपमा स्पेन र पोर्चुगल एउटै समूहमा परेका छन् भने समूह डीमा अर्जेन्टिनासँगै नाइजेरिया परेको छ । युरोकप विजेता पोर्चुगल र स्पेनसँगै मोरक्को र इरान एउटै समूहमा परेका छन् । रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल र स्पेनको खेल जुन १५ मा हुनेछ ।

त्यस्तै अर्जेन्टिना रहेको समूह डीमा आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया छन् । अर्जेन्टिनाको पहिलो खेल १६ जुनमा आइसल्याण्डसँग हुनेछ । विश्वकप २०१८ को उदघाटन खेल भने आयोजक रसिया र साउदी अरेबियाबीच हुनेछ । यो खेल जुन १४ मा मस्कोमा हुनेछ ।

कुन समूहमा कुनकुन देश परे ? हेर्नुस तालिका