धादिङ नौबिसेबाट बम सहित भारतीय नागरीक पक्राउ

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर १५, २०७४

धादिङबेसी मंसिर १५ । धादिङको खानीखोलामा काँकडभिट्टाबाट काठमाडौं आइरहेको ना ७ ख ४९७६ नम्बरको बसबाट विस्फोटक पदार्थ सहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

चेकजाँच गर्ने क्रममा प्रेसर कुक्कर बम १ वटा, सकेट बम २ वटा र बम बनाउने सामाग्री सहित उक्त बसबाट २ जना भारतीय नागरीक पक्राउ परेको ईलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ ।

खानीखोलाका असइ दीपेन्द्र भट्टको कमाण्डमा रहेको प्रहरीले बसबाट भारतीय नागरिकलाई विस्फोटक सामग्री बनाउन चाहिने कच्चा पदार्थ र उपकरणसहित पक्राउ गरिएको धादिङ जिल्ला प्रहरी प्रमुख एसपी ध्रुवराज राउतले बताउनु भएको छ । प्रहरीले बरामद गरेको सबै सामग्री नष्ट गर्न गजुरी स्थित नेपाली सेनालाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।