उच्च शिक्षा: उज्ज्वल भविष्यको सपना

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक २३, २०७४

अश्विन समीप
ज्वालामुखी ४ धादिङ

देशमा नयाँ शासन व्यवस्था सुरु भए सँगै हरेक क्षेत्रमा प्राईभेट सेक्टरहरु आफ्नो लगानी लगाउन पाउने व्यवस्था गरेको छ। अरु क्षेत्रमा जस्तै शिक्षा क्षेत्रमा पनि निजीकरणले राम्रै फड्को मारेको छ।हाल नेपालमा सरकारी शैक्षिक संस्था भन्दा निजी संस्थाहरु सङ्ख्यात्मक रुपमा पनि बढी रहेको पाईन्छ ।

जुन रुपमा निजी क्षेत्रले लगानी गरेको छ तर यही रुपमा भने शिक्षा गुणस्तर बढेको पाईन्न।लगानी अनुसारको प्रतिफल निकै निराशाजनक रहेको पाईन्छ । कतिपय शैक्षिक संस्थाहरु कमाउने विजिनेस धन्दाको रुपमा फस्टाएको छ।जसबाट राम्रो विद्यार्थी भन्दा राम्रो कमाई हुने गरेको छ संचालकलाई ।

यस्तैमा हाल नेपालमा उच्च शिक्षा पनि मोलमोलाइको चपेटामा परेको छ।एकातर्फ विद्यार्थीहरु कुन विषय ठिक र कुन विषय अध्ययन गर्दा भविष्य उज्ज्वल पार्न सकिन्छ भन्ने अन्योलमा छन् भने अर्कातर्फ शैक्षिक संस्थाहरु विद्यार्थीहरु आफुतिर तान्ने र शिक्षाको मोलमोलाइमा बार्गेनिङ गर्ने प्रबृत्ति फस्टाएको छ । हाल यो समयमा स्नातकोत्तरको भर्ना कार्यक्रम सबै जसो शैक्षिक संस्थामा चलेको छ । भर्खर कक्षा १२ उत्तीर्ण गरेका लाखौं विद्यार्थी कुन विधा अध्ययन गर्ने र कुन कलेजमा पढ्न भन्ने अन्योलमा छन् । यो विषय पढ यसबाट यो क्षेत्रमा प्रवेश गर्न सकिन्छ भन्नेहरू भन्दा यहाँ पढ यतिमा पढाउछौ भन्नेहरू धेरै देखिन्छन् ।

आजको दिनमा जुनसुकै कलेजमा छिरे पनि कस्तो पढाइ हुन्छ ,शिक्षाको गुणस्तर कस्तो छ भन्ने भन्दा पनि कति पैसामा पढाउने भन्ने सवाल धेरै उठ्ने गरेको छ।कलेजहरु पनि गुणस्तर बढाउने भन्ने विद्यार्थी सङ्ख्या बढाउने र कमाउने धन्दामा लाग्दा नेपालीको शिक्षाको स्तर दिनदिन झन खस्कदो र उपलब्धि विहिन बन्दै गरेको छ ।

शिक्षित भए पनि आफ्नो योग्यता अनुसारको रोजगारी नपाउने नेपालको वर्तमान अवस्थामा कुन क्षेत्रमा आफ्नो भविष्य उज्ज्वल हुनसक्छ भन्नेमा पनि आम विद्यार्थी अन्योल रहेको पाईन्छ । कुन विषय अध्ययनले भविष्य उज्ज्वल बनाउछ भन्ने अन्योलको बिचमा झन गुणस्तरीय शिक्षामा लागि पर्नु पर्ने शैक्षिक संस्थाहरु शिक्षालाई व्यापार बनाउदा विद्यार्थी चपेटामा परेका छन ।

महङ्गो पैसा तिरेको पढेको विषयले पनि भविष्य सुनिश्चित गर्न सक्दैन । त्यसमाथि झन गरिब तथा विपन्न वर्गीय विद्यार्थी झन यसको मारमा परेका छन । गाउँमा अझै पनि उच्च शिक्षाको सुविधा छैन ।उच्च शिक्षाको लागि सहर पस्नु पर्ने बाध्यता त छदैछ त्यसमाथि पनि सहरको महङ्गी सहिनसक्ने अवस्थामा शिक्षा पनि अत्यधिक महङ्गो बन्दा उच्च शिक्षाको सपना सपनामा नै सिमित रहने हो कि भन्ने डर आम विद्यार्थीमा रहेको छ । सामुदायिक तथा सरकारी कलेजमा पढाइ भन्दा बढी राजनीति हुने र निजी कलेजको खर्च अत्याधिक हुदा कतिले उज्ज्वल भविष्यको सपना अधुरै राखेका छन भने कतिले महङ्गोमा पनि गुणस्तरीय शिक्षा पाउन सकेका छैनन् ।

राज्यले यश तर्फ ध्यान दिनु जरुरी छ। शिक्षा विना विकास र परिवर्तन असम्भव रहेको जानकारी हुदाहुदै पनि यो अवस्था रहदा लाखौं विद्यार्थी अन्योल विच उच्च शिक्षा लिन बाध्य छन र अन्योल बिचमा नै उज्ज्वल भविष्यको धमिलो नक्शा कोर्न विवश छन् । राज्यको शिक्षा प्रतिको उदासीनता र नियमन गर्ने निकायको लापरबाही ले विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । शिक्षाको एकै किसिमको मुल्य नहुदा पउचवालाले मात्र गुणस्तरीय शिक्षा किन्ने सक्ने अवस्था छ ।

कसले बताउने यो ठिक र यो वेठिकरु विषय विज्ञताको आधारमा कहिले हुने सुनिश्चित भविष्य ? कसले दिने सरसल्लाह र सुझाव ? कहिलेसम्म अन्धकारमा झटारो हाने झै अन्योल खाडलमा हामफाल्ने ? कहिलेसम्म साहुसग ऋण काटेर अनउत्पादक क्षेत्रमा पोख्नेरु चुनाव आउदा तिनै विद्यार्थी संगठनलाई हतियार बनाउने र एजेन्डा बनाउने ?  चुनावपछि निति नियम बनाउने ठाउँमा किन उठ्दैन गाउँका गरिब किसानका छोराछोरीले पढ्न नपाएको सवाल ?  फेरि पनि देश चुनावको मुखमा छ अहिले पनि विद्यार्थीको हकहितका लागि भनेर गठन भएका राजनीतिक विद्यार्थी संगठन झन्डा बोक्न र नारा बाजि गर्नेलाई व्यस्त छन् ।  यसतर्फ कसको ध्यान जाने कहिलेसम्म बजारमा सामान किने सरह महङ्गो मुल्यमा किने शिक्षा र देख्ने अपुरा सपना  ?