प्रजुन कुमार अधिकारी
हाम्रो देशमा आजभोलि प्रतिनिधि सभा र प्रदेशको चुनाब को माहोल चलेको छ । हाम्रो देशमा झोले खोले नबोले ३ थरिकै कार्यकर्ता को घैटोमा घाम लागेको छ । चुनाब मा यति खर्च ऊति खर्च भनि पैसाको ध्वाँस दिई रहेको अवस्था छ । नेपाली जनमानसमा हामीलाई यसले शोषण गरिरहेछ । हाम्रो पैसा हामीलाई ल्याएर बाडेको छ, र फेरी हामी बाटै यो पैसा असुल ऊपर गर्छन्, भनेर बुझ्न नसक्ने असिक्षित गरिब जनताको कारणबाट यीनेताहरूले यो फाईदा लुटिई रहेका छन् । यो कुरालाई राम्ररी बुझ्न नसक्नु हामी नेपाली जनताको कमजोरी हो । अहिले हामिले कर तिरेको, रेमिटान्स तिरेको, राजस्व तिरेको पैसाबाट आज हामी सँग मत माग्नको लागी हामीलाई त्यो पैसा खर्च गर्दैछन् । कार्यकर्तालाई खुवाउदै ब्यक्ति बिशेषहरू रातारात धनिमानी हुदैँछन् ।
यस परिस्थितिमा हामी नेपाली जनताले बुझ्न पर्ने कुरा के हो भने हामीले आफ्नो आत्मा बेचेर पैसामा बिकेर मतदान नगरौ भष्ट्रचारी कालो बजारी कमिसन खोरहरूलाई प्रोत्साहन नदिऊ भन्ने लेखकोे आशय र मुल्य र मान्यता हो । अहिले चुनावको समयमा ब्यापारी ठेकेदार कर्मचारीबाट चन्दा स्वरूप मोटो रकम लिएको हुन्छ । यसको बदला चुनाव पछि हरेक खाद्य पदार्थ देखि यातायात ग्यास पेट्रोलियम पदार्थ मा मुल्यबृद्दी हुन्छ । त्यो मार सिधै जनताको थाप्लोमा पर्न जान्छ ।
यसलाई हामीहरूले राम्रो संग बुझ्न जरूरी छ । चुनाव आएर नेताहरूले हामी जनताहरूलाई खेलौना जस्तो बनाई ललिपप देखाएर बच्चा भुलाए जस्तो । झुट्टा आस्नासन दिएर हामी सोझा सिधा जनता माथि राजनितीक गरि रहेका छन् । राजधानि संग जोडिएको जिल्ला हाम्रो अहिले सम्म यातायात सुचारू रूपले चल्न सकेको छैन ? बाटो स्केच मात्र भएको छ । ग्रबेल गरेर पिच गर्ने कुनै लक्षण छाटकाट छैन । त्यसले गर्दा हाम्रो जिल्लाबासीले नेतृत्वलाई परिबर्तन गराई नयाँ युवा पुस्तामा नेतृत्व चयन गराउनु पर्दछ । एउटै ब्याक्ति र पार्टीले २०–२५ वर्ष नेतृत्व गरेर हाम्रो विकास हुन नसकेको हो ।
जबसम्म देशमा कानूनी शासन र नागरिकहरुको जिउ धनको सुरक्ष्या प्रत्याभूति हुदैन, जब सम्म हामीले हाम्रो नेतृत्व पक्ष्यहरुलाई जवाफदेहि र जिम्मेवार बनाउन सक्दैनौ, जब सम्म हामी भ्रस्टाचार, बन्द, हड्ताल, तोडफोड, चन्दा आतंक आदिलाइै निरुत्साहित गर्न सक्दैनौ, जबसम्म नागरिकहरुले व्यक्तिगत चुनावको आधारमा स्वतन्त्रता पुर्वक आ–आफ्नो पेशा व्यवसाय गरि खान पाउँदैनन्, जब सम्म झन्झटिलो सरकारी प्रशासन तन्त्रलाई सरलीकारण गरि नागरिकहरुको लागि सहज रुपमा काम गर्ने र गर्न सक्ने बातावरण बनाउन सक्दैनौ, जब सम्म अन्तरिक तथा बाहिह्य लगानी गरि देशमा नागरिकहरुको लागि रोजगारीको अवसर सिर्जना गर्न सकिदैन, जब सम्म उधमसिलता विकास र व्यापार प्रबर्धनको लागि हामी पहल गर्दैनौ, साथै राम्रो काम गर्नेलाइ प्रोत्साहन र गलत कार्य गर्नेलाइ सजायको भागीदार बनाउन सक्दैनौ तब सम्म यो देश र यसका जनताहरुको जिवनस्तर माथि उठ्न असम्भव छ ।
त्यसकारण सबै पार्टीको नेतामाहरूमा नेतृत्व परिबर्तन गर्नको लागी सबै तह र तप्काको नेता गणहरूमा म यो आवाज पुराऊन चाहन्छु । नेताहरूलाई कसरी कुन आशा प्रलोभन देखाएर यिनीहरू संग फाईदा लिन सकिन्छ भनेर मात्र सोचि रहेको अवस्था छ । एजेन्डालाई भाषण र पेपर भित्र मात्र सिमीत गरिएको छ, कार्यन्वयन गरिएको छैन । हामी यति प्रकृतिक शौन्दर्य ले भरिपुर्ण प्रसस्त श्रोत र साधन ले धनि देश जहाँ जमिन पाहाड तराई मधेस ले ढाकिएको छ । जस्तो सुकै भुभाग खोजेपनि पाईने श्रोत साधन र प्राकृतिक सौन्दर्यले भरिपुर्ण देशमा बसेर पनि देशमा दिपावलीलाई फुल भारतबाट, दशैलाई चाहिने खसी बोका रागा भारतबाट, माछा भारत बाट, एउटा मात्र भएको KFC लाई चाहिने चिकेन अण्डा समेत भारत बाट ल्याउछौ । के हामीले उत्पादन गर्न सक्दैनौ ? यो भन्दा लाज्जासपद कुरा के हो ? नेता महोदय के कारण ले यस्तो भयो कारण पत्ता लगाई समाधान गर्न जरूरी देख्दछु । आज ८–१० लाख युबा शक्ति बिदेशिन परेको छ ? यो सबै नेताको कारणबाट भएको हो । किन भने नेताहरूले रोजगार मुलक प्रबिधिक शिक्षा दिएको भए आज यो युवाहरू विदेशीको दास बन्ने थिएनन् । प्राविधिक शिक्षामा जडिबुटीको ज्ञान पहिचान फाईदा बेफाईदा घरेलु उद्योग, कुटिर उद्योग, ब्याबसायिक शिक्षा पशु पालन, कुखुरा पालन, माछा पालन, बाख्रा पालन, मौरी पालन, बिभिन्न जातका जनावर पालनहरू गर्ने हो भने कुनै युवा शक्ति विदेशिन पर्ने थिएन । कृषिप्रधान देश हाम्रो आधुनिक तरिकाबाट ऊत्पादन गराउने र फल फुल हरू मौसम अनुसारको फुलहरू फुलाऊने हो भने हामी बिश्वमा धनि बन्न समय लाग्दैन । देशमा अर्थ तन्त्र माथी उठाउन केही गर्न पर्दैन देशमा भएको श्रोत र साघनलाई परिचालन गरि लगानी गरे पुग्छ ।
यसको लागी निम्न कुराहरू गर्न जरूरी छः
१. प्रविधिक व्यावहारिक व्यवसायीक शिक्षा प्रणाली लागु गर्ने ।
२. शिक्षालाई रोजगार मुलक बनाउने ।
३. कृषि बिषयलाई मुख्य बिषयको मान्यता दिने
५. व्यासायीक शिक्षा लागुगरि पशुपालन (बंगुर पालन बाख्रा पालन) माछा पालन, कुखुरा पालनलाई प्रमुख व्यवसाय बनाई आर्थिक उपार्जन गर्न सकिने ।
६. मानिसको ईच्छा ( क्ष्लतभचभकत ) अनुसारको म्यूजिक शिक्षा गित संगित कलाकारिता शिक्षा प्रणाली लागु गर्ने ।
७. कृषि सिंचाईको लागि बिना धितो झन्झट बिना सुलभ ब्याज दरमा ऋण उपलल्ध गराई दिने ।
८. कृषि प्राविधिक विशषेज्ञद्वारा कृषकहरूलाई तालिम दिलाउने ।
९. उन्नत जातको खेती बिउहरू मल कृषी औजारहरू उपल्बध गराई दिने ।
१०. किटनासक औषधीहरू रासायनिक मल बिऊ उन्नत जातको तरकारी फलफुल खेती गर्न लगाउने ।
११. कृषिमा पुरानो पद्धतीलाई बदली गरि नयाँ पद्धती अपन्नाउनु पर्ने ।
१२. भण्डार व्यावस्थपन गर्ने गर्न लगाउने ।
१३. बजार व्यावस्थपन गरि बिक्री वितरण गर्ने व्यावस्था गर्ने ।
१४. यातायात ढुवानीको राम्रो व्यावस्थपन गर्ने ।
१५. समय समयमा कृषि मेला पशु मेला प्रर्दशन गरि हाट बजार व्यावस्था गर्ने ।