धादिङबेसी कार्तिक ११ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ् नेपाल (टान) को आईतबार हुन गहिरहेको निर्वाचनको लागि दाहाल प्यानलबाट धादिङका ७ जना पर्यटन व्यवसायीले उम्मेदवार बनेका छन् ।
बाम गठबन्धन निकट पर्यटन व्यवसायीहरुले नवराज दाहालको नेतृत्वमा अघि सरेको संयुक्त प्यानलबाट धादिङका ७ जनाले विभिन्न पदका लागि उम्मेदवार बनेका हुन् । धादिङ जिल्लाबाट देशका विभिन्न क्षेत्रमा रहेर पर्यटन व्यवसाय गर्नेहरु ३ सय भन्दा बढी रहेका छन् ।
यी हुन दाहाल प्यानलमा धादिङका उम्मेदवार
नवराज दाहाल
अध्यक्ष पदका उम्मेद्वार, टान
वि.सं. २०२८सालमा धादिङ जिल्लाको बुढाथुम गा.वि.स (हाल गंगाजमुना गाउँपालीका–७) मा जन्मीनुभएका नवराज दाहाल एक सफल र अनुभवी पर्यटन व्यवसायीको रुपमा सुपरिचित हुनुहुन्छ । सन १९९० बाट पर्यटन क्षेत्रमा आवद्ध दाहाल नेपाल ईन्भाईरोमेन्टल टे«क्स एण्ड एक्सपिडिसन कम्पनीका प्रवन्ध निर्देशक हुनुहुन्छ । दाहालले यसअघि टानमा कार्यसमिति सदस्य हुँदै महासचिवको भुमिका कुशलतापूर्वक निर्वाह गरिसक्नुभएको छ । गणतान्त्रीक स्टोनियाँका लागि नेपाली बाणीज्यदुत समेत रहनुभएका दाहाल हाल नेपाल पर्यटन व्यवसायी संगठनका केन्द्रिय संयोजक समेत हुनुहुन्छ ।
दाहालले पर्यटन व्यवसाय प्रवद्र्धनको शिलशिलामा युरोपका स्टोनियाँ, बेल्जियम, नेदरल्याण्ड्स, जर्मन, फ्रान्स, स्वीजरल्याण्ड, नर्वे, डेनमार्क, लाटभिया, लीथोआनिया लगायत अमेरिका, थाईल्याण्ड, सिङ्गापूर, मलेसिया, ईन्डोनेसिया, चीन, हङकङ, भारत लगायतका २ दर्जन भन्दा बढि देशहरुको भ्रमण गरिसक्नुभएको छ । व्यवस्थापन विषयमा स्नातकोत्तर तह सम्मको औपचारीक शिक्षा हाँसिल गर्नुभएका दाहाल अन्तरमुखी तर मृद्धभाषी र सालिन स्वभावका हुनुहुन्छ । तर्क र तथ्यमा विश्वास गर्नुहुने दाहाललाई आम पर्यटन व्यवसायीहरुले टानको भावी अध्यक्षको रुपमा अघि सारेका छन ।
जीवन थापामगर,
प्रथम उपाध्यक्षका उम्मेद्धार
वि।सं। २०४२ सालमा धादिङको दार्खामा जन्मनुभएका जीवन थापा मगर एक सफल युवा पर्यटन उद्यमीका रुपमा सुपरिचित हुनुहुन्छ । सन् २००१ बाट पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका थापा मगरले नेपालका अधिकांश पदयात्रा गन्तव्यमा पाईला टेक्नुभएको छ ।
समाजसास्त्रमा स्नातक तह सम्मको औपचारीक अध्ययन गरिसक्नुभएका थापा मगर हाल नेपाल एडभेन्चर टिमका प्रवन्ध निर्देशक हुनुहुन्छ । पर्यटनका साथै विभिन्न सामाजिक क्षेत्रमा समेत क्रियाशील हुदै आउनुभएका थापामगर हाल गणेश हिमाल पर्यटन विकास समितिको धादिङस्थीत दार्खा गा।वि।स संयोजक समेत हुनुहुन्छ । उहाँले पर्यटन व्यवसाय प्रवद्र्धनको शिलशिलामा थाईल्याण्ड, भुटान, श्रीलङ्का, लावस, कम्बोडिया सहित युरोपका केहि मुलुकहरुको व्यवसायीक भ्रमण गरिसक्नुभएको छ ।
टानको प्रथम उपाध्यक्षमा उम्मेद्धारी दिनुभएका थापामगरले टानको व्यवसायीक विकासका साथै ग्रामिण पर्यटनको विकास र सांस्कृतीक तथा दियो पर्यटनको विकासलाई आफ्नो मुल एजेण्डा बनाउनुभएको छ ।
ऋषिप्रसाद नेपाल,
द्धितीय उपाध्यक्ष पदका उम्मेद्धार, टान
गंगाजमुना हिमालको काखमा रहेको धादिङ, फुलखर्कका ऋषिप्रसाद नेपाल २००७ देखि २००९ को टान कार्यसमिति सदस्य हुनुहुन्थ्यो । सन् १९९९ फेब्रुअरीमा पोर्टर, टे«किङ गाईड र मेनेजर हुँदै हाल उहाँ ईन्काउन्टर्स नेपाल डटकम प्रा।ली।का प्रवन्ध निर्देशक हुनुहुन्छ भने टुरिजम डेभलपमेन्ट बैंकका संस्थापक तथा शुभकामना ईङलीस बोर्डिङ स्कुलका व्यवस्थापन समिति अध्यक्ष हुनुहुन्छ । त्यसका साथै उहाँ नागमणी ईन्भेष्टमेन्ट कम्पनीका संस्थापक तथा काठमाडौं ईन्भाईरोमेन्टल एजुकेसन प्रोजेक्ट ९प्भ्भ्ए० का सचिव समेत हुनुहुन्छ । माउन्टेन एक्सकर्सन र समाजसेवामा रुचि राख्ने नेपाल समन्वय, व्यवसायीक दक्षता र मार्केटिङमा बढी तल्लीन हुनुपर्नेमा जोड दिनुहुन्छ । गाउँबाट आएको एउटा कोरा मान्छेले टानजस्तो गरिमामयी संस्थाको द्धितिय उपाध्यक्ष पदमा उम्मेद्वारी दिनु नै आफ्नो जीवनको सर्वाधिक उपलब्धि भएको उहाँको विश्वास छ । अमेरिका, बेलायत, अस्टे«लिया, चीन, भुटान र युरोपका विभिन्न देश गरी झण्डै साढे दुई दर्जन मुलुक भ्रमण गरिसक्नुभएका नेपाल पदयात्रा पर्यटन क्षेत्रलाई विकास गर्न प्रचारप्रसार र व्यवसायीक दक्षता अभिबृद्धिमा जोड दिनुहुन्छ । टानका कर्मचारीहरुसंग समन्वय गरि सरकारी निकायका साथै पर्यटनका अन्य निकायहरुसंगको सम्बन्धलाई थप उचाईमा पुर्याउने उहाँको प्रतिबद्धता रहेको छ ।
रामकृष्ण तिमल्सिना
कोषाध्यक्ष पदका उम्मेद्धार
वि.सं. २०३९ साल असोज २० गतेका दिन धादिङको त्रिपूरेश्वरमा जन्मीनुभएका रामकृष्ण तिमल्सिना एक युवा तथा जुझा? पर्यटन व्यवसायीका ?पमा परिचित हुनुहुन्छ । सन् २००० बाट पर्यटन सहयोगिको ?पमा पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका तिमल्सिनाले ६ बर्षको छोटा अवधीमै सन् २००६ बाट व्यवसायीक यात्रा तय गर्नुभयो ।
मानविकी संकायमा स्नातक तह सम्मको औपचारिक शीक्षा हाँसिल गर्नभएका तिमल्सिना हाल हिमालयन सिनेरी ट्रेक्स एण्ड एक्पिडिसन प्रा.लि.का संचालक हुनुहुन्छ । पर्यटन व्यवसायसंगै लायन्स क्लब अफ काठमाण्डौं हिमचुलीमा आवद्ध तिमल्सिना नमुना नेपाल फाउन्डेसनको अध्यक्ष समेत हुनुहुन्छ ।
टानको कोषाध्यक्ष जस्तो गरिमामय पदमा आफ्नो उम्मेद्धारी दिनुभएका तिमल्सिेनाले टानलाई आर्थीक हिसावले मजबुत बनाउने उद्धेश्यका साथ आफ्नो उम्मेद्धारी दिनुभएको छ । उहाँले संस्थाको कोषलाई पारदर्शी तथा पर्यटकीय गतिविधीमा मात्र केन्द्रीत गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । उहाँले नेपाल पर्यटन वोर्डमा अड्केर बसेको टिम्स मार्फतको रकमलाई यथासक्य निकासा गर्ने र नेपाल सरकार लगायत पर्यटनका सम्पूर्ण संस्थाह?संग सुमधुर सम्बन्ध स्थापित गर्ने बताउनुभएको छ ।
रविन्द्र अधिकारी
सदस्य पदका उम्मेद्धार
वि.सं. २०४३ सालमा धादिङ जिल्लाको उत्तरि क्षेत्रमा जन्मीनुभएका रविन्द अधिकारी एक सफल युवा पर्यटन व्यवसायीको ?पमा परिचित हुनुहुन्छ । स्नातक तह सम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका अधिकारीले सन २००९ बाट एडभेन्चर डिस्कभरी ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनी मार्फत पर्यटन व्यवसाय संचालन गर्दै आउनुभएको छ ।
पर्यटन व्यवसाय प्रवद्धनको शिलशिलामा थाइल्याण्ड, मलेसिया, चाइना र युरोपका अधिकांश मूलुकह?को भ्रमण गरिसक्नुभएका अधिकारीले व्यवसायीको हक हितको लागि काम गर्ने उद्देश्यका साथ टानको कार्यसमिती सदस्य पदमा आफ्नो उम्मेद्धारी दिनुभएको छ ।
गोपाल श्रेष्ठ
सदस्य पदका उम्मेद्धार
धादिङ जिल्ला गंगाजमुना गाउँपालीका, वडा नं.७, बुढाथुममा जन्मनुभएका गोपाल श्रेष्ठ एक युवा पर्यटन व्यवसायीको रुपमा सुपरिचित हुनुहुन्छ । सन २००३ बाट पर्यटन क्षेत्रमा आवद्ध हुनुभएका श्रेष्ठ हाल हाईयर लिमिट्स टे«क्स एण्ड एक्सपिडिसन प्रा।ली।का संचालक हुनुहुन्छ ।
बाणिज्यसास्त्रमा स्नातक तह सम्मको औपचारीक अध्ययन गर्नुभएका श्रेष्ठ समाजसेवाका विविध क्षेत्रमा समेत क्रियाशील हुनुहुन्छ । पर्यटन व्यवसाय प्रवद्र्धनको शिलशिलामा उहाँले चीन, जापान र थाईल्याण्ड लगायतका देशहरुको भ्रमण गरिसक्नुभएको छ ।
टानको गाउँ पर्यटन प्रवद्र्धन विभागमा सदस्यको रुपमा काम गरिसक्नुभएका श्रेष्ठले पदयात्रा पर्यटनमार्फत उल्लेख्य रोजगारी सृजना गर्नुभएको छ । उहाँले नेपालको पर्यटन क्षेत्रमा देखिएका विविध समस्यालाई मध्यनजर गर्दै टानको छवी उच्च राख्नको लागि सदस्यले खेल्नुपर्ने भुमिकाको सन्दर्भमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
हर्क बहादुर गुरुङ
सदस्य पदका उम्मेद्धार
धादिङ जिल्लाको रुविभ्याली गाउँपालीका ४ का श्री हर्क बहादुर गुरुङ्ग एक युवा पर्यटन व्यवसायीको रुपमा सुपरिचित हुनुहुन्छ । सन २००३ बाट पर्यटन क्षेत्रमा होमिनुभएका गुरुङ्ग हाल नेपाल हिडेन टे«क्स एण्ड एक्सपिडिसन प्रा।ली।का संचालक हुनुहुन्छ ।
बाणिज्यसास्त्रमा स्नातकोत्तर तह सम्मको औपचारीक अध्ययन गर्नुभएका गुरुङ्ग हाल गणेश हिमाल पर्यटन विकास समिति र गुरुङ्ग पर्यटन व्यवसायी संघ नेपालका सदस्य रहि पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउदै आउनुभएको छ । उहाँले नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान र प्रवद्र्धनको क्षेत्रमा सबैसंग मिलेर काम गर्ने र टानमलाई व्यवसायीहरुको वास्तविक हितकर संस्थाको रुपमा विकास गर्न पहल गर्ने बताउनुभएको छ ।