झार्लाङमा फुटबल प्रतियोगिता सुरु

Avatar photo
Dhadingpost
अशोज १३, २०७४

धादिङ आश्विन १४ । धादिङको उत्तरी क्षेत्रको गाउँपालिका खनियाँबास झार्लाङमा फुटबल प्रतियोगिता सुरुभएको छ ।

रास्ट्रको लागि खेलकुद, स्वास्थ्यको खेलकुद भन्ने मुल नाराका साथ बिहिबारबाट सुरुभएको प्रतियोगिताको फाइनल आश्विन १७ गते हुने आयोजकले जनाएको छ ।

तातोपानी युवा क्लब झार्लाङको आयोजनामा सुरुभएको प्रतियोगिताको पुरस्कार राशी प्रथम नगद बीस हजार (शिल, प्रमाण पत्र, मेडल), दितिय पुरस्कार नगद पन्द्र हजार (शिल, प्रमाण पत्र, मेडल), तृतीय पुरस्कार नगद दश हजार (शिल, प्रमाणपत्र, मेड्ल), सन्तावन पुरस्कार (प्रमाण पत्र, मेडल) रहेको खेल संयोजक प्रेम तामाङले धादिङपोष्टलाई बताउनु भयो ।