त्यो बेलाको दशैँ

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज ३, २०७४

त्यो बेलाको दशैँ आज पनि आँखै अगाडी झल्झलि आउछ, दशैँ आएपछि अब त नयाँ लुगा लगाउन पाउछ भन्ने सोच्थ्यो यो मनले, अनि प्रत्येक वर्ष किनिदिनु हुन्थ्यो ममीले नयाँ लुगा । नयाँ लुगाको नाउँमा त्यहि स्कुल जाँदा लगाउने सर्ट र पाईट १-१ मिटर किनिदिनु हुन्थ्यो । त्यहि पनि कत्ति चिज हुन्थ्यो मलाई ।

दशैँ आउन भन्दा १ महिना अगाडी देखिने गाउँमा लुगा सिलाउने मानिस आइसकेको हुन्थ्यो अनि लाग्थ्यो पहिले हाम्रो घर आएर मेरो लुगा सिलाईदिहाले पनि गाँउ भरी देखाउदै हिड्थे नि भन्ने चाहाना हुन्थ्यो । पालै पालो प्रत्येक घर घरमा सिलाउदै आउने हुँदा हाम्रो पालो चै अलि पछि आउथ्यो किन कि अरुको घर भन्दा मेरो घर अलि माथि नै पर्थ्यो तर पनि म धैर्य गर्थे ।

जव मेरो घरमा सिलाउने समय हुन्थ्यो तव म त्यो दाई संगै बस्थे अनि यस्तो गरि सिलाईदिनु उस्तो गरि सिलाई दिनु भन्दै सताउथे त्यति मात्र होइन सुत्ने समय पनि दिन्न थे । जसरी पनि आज रात भरि गरेर पनि सिलाई दिएर भ्याउनु पर्छ भन्ने हुकुम दिन्थे । त्यो दाई रिसाउनु हुन्न थ्यो, सानो मान्छे भन्दै गाला चिमोट्दै फटाफट मेरो लुगा सिलाइ दिई भ्याउन लाग्नु हुन्थ्यो । सदा ८ बजे नै निदाउने म त्यतिबेला बिहानको ३ बज्दा पनि न त्यो दाईलाई सुत्न दिन्थे, न आफु नै निदाउथे घरि घरि यता पनि उता पनि गोजी हाल्दिनु भन्दै सताई रहन्थे ।

नयाँ लुगा लाएर गाउँमा देखाउने चाहानाले भिरेको लुगा मैलिन्छ भोलि पर्सि लगाउन पर्छ भन्दै ममीले खोल्न लगाउनु हुन्थ्यो । रिस त झनक्कै उठ्थ्योनि तर पनि हुन्छ भनेर खोल्नु सिवाय मैले केहि देख्दैन थिए । अब अष्टमिको दिन मेरो घर भन्दा अलि तल भिमसेन थानमा लग भग ५-७ वटा रागो काटिन्थ्यो । अनि त्यो दिन म पनि रागो काटेको हेर्न नयाँ लुगा (स्कुलको पोशाक) लगाएर गोजीमा चिउरा हालेर जान्थे, संगैका साथीहरु जिन्सको पाईट र टि–सर्ट लाएर जान्थे मलाई पनि त्यस्तै लाउन पाए भन्ने चाहाना नभाको त होइन किन कि प्रत्येक वर्षको दशैँ त्यहि नयाँ स्कुलको पोशाकमा टरेको हुन्थ्यो । तर पनि केहि छैन आखिर मेरो पनि त नयाँ लुगा त हो नि भन्ने लाग्थ्यो र रागो काटेको तर्फ नै ध्यान जान्थ्यो प्रत्येक रागोलाई मार हान्दा तालि पिट्दै अरु साथी संगै स्वर मिलाएर चिच्याउनु को मज्जा आहा ।

जव रागो मार हानेर नि सकिन्थ्यो अनि सबै साम्य हुन्थ्यो अनि साथी साथी बीच कसको राम्रो लुगा भनेर भनाभन हुन्थ्यो अनि कति साथीले मलाइ भन्थे दशैँमा पनि स्कुल आको हो ? यो प्रश्नले मलाई कस्तो–कस्तो हुन्थ्यो, घर जान्थे ममीलाई भन्थे “मलाइ पनि जिनको पयाठ किनिदिनुन ममी” अनि ममी भन्नु हुन्थ्यो । यहि त कसरी ल्याइदिएको छु थाहा छैन, अब आफै कमाउन सक्नी भएसी लगाउनी म केहि बोल्न सक्दैन थिए किन कि सानो छँदा नै बुबालार्इ गुमाउनु पर्यो अनि ममीले धेरै दुःख गरेर हुर्काउनु भएको थियो अनि दशैँ पनि कसरी मनाउने भन्ने ठुलो पिर पर्यो ममीलाई त्यसैले केहि पनि भनिन ।

त्यसपछि मलाई भने अरु कुरा भन्दा पनि अब कसरी ठुलो हुनी, पैसा कमाउनी अनि जिन्सको पाईठ लाउनी भन्ने मात्र सोच हुन्थ्यो । कहिले काही चै यो पापी मनले सोच्थ्यो मेरो यत्तिका आफन्तहरु छन् यस्सो कसैले माया गरेर लाउ बाबु भनेर नया लुगा ल्याईदिए पनि हुन्थ्यो नि जस्तो लाग्थ्यो तर अँह त्यसो कहिल्यै भएन, तर पनि जे छ त्यसैमा रमाउन पर्छ भनेर शिक्षक शिक्षिकाले पढाउनु भाको सम्झन्थे । मन बुझाउथे अनि टिका लगाउन गईन्थ्यो केटा मान्छेलाई सबै ठाउँबाट टिका लाएर पैसा काहा आउथ्यो र कतै कतै त उल्टै झन् आफैले दिनु पर्थ्यो ।

टिका लाएर दक्षिणा पाउने ठाउँमा सम्झी सम्झी गईन्थ्यो अनि भन्न पनि लाज लाग्ने कुरा जाहाँ जाहाँ टिका लाउदा आफुले दिनुपर्ने ठाउमा दशैँ भरि त्यता तिरको घरको बाटो नै हिडिन्न थ्यो । अनि टिका लगाई भ्याए पैसा गन्दा कत्ति मज्जा आउथ्यो, २ रुपैया, ५ रुपैया धेरैमा १० रुपैया यस्तै यस्तो नोट गन्दा झन्डै २ सयको हारा हारीमा हुन्थ्यो । मज्जा पनि लाग्थ्यो तर त्यो बेला नमज्जा लाग्ने र अहिले सम्झदा हाँसो लाग्ने कुरो चै, कहिल्यै दिदीहरुको भन्दा बढी दक्षिणा चै जम्मा पार्न सकिएन ।

तर आज भोलि टिका लाउन गईन्छ तर दक्षिणाको लोभ नै लाग्दैन बरु सम्झी सम्झी टिका लाएपछि उल्टै आफुले दक्षिणा खुट्टामा राखेर ढोग्नु पर्ने ठाउमा गईन्छ किन कि आज म आफ्नो खुट्टामा उभिन सक्ने भए अनि आफुलाई चाहिने लुगा जति दशैँ नकुरीकन आफै किन्न सक्ने भए तर अचम्मको कुरो अब दशैँ आएपछि वचपन छँदा लागेका ति रहरहरु आज आफै हराएर जाँदा रैछन् आज भोलि त यहि कुरा मात्र खेल्दो रहेछ ।
“यो पालिको दशैँ मेरो, खास होला कि नहोला,
हासो खुसि उमंगको, आभास होला कि नहोला,
नव दुर्गा भवानीले, सबै दुस्ख लैजान्छ भन्थे,
मेरो सबै दुःखहरु को, नास होला कि नहोला ”