बेइमान रूप

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ २०, २०७४

गोपाल फ्यूवा तामाङ
“तेरो दिदी राम्री छे मलाई मिलाऊ न ?” मिल्ने साथीले यसो भने पछि आँखा नहेरी दुई मुक्का प्रहार गरी रू २०० जरिवाना तिरेदेखि मेरो मनमा रूप भनेको अनुहार वा सुन्तरता सोच्न थाले । सोचाईको चौबन्दीमै रहिरहे । बाहिर देखिने रूप नै मैले रूप माने । रूप बेइमान हुने बुझेँ ।
अलि पछि रूप भनेको रंग पनि हो भन्ने बुझे । रूप भनेको स्वरूप पनि माने । यी रूपले धेरैपटक वेइमान गरेको छ
म सँग ।
गरमा गरम कुरो भो संघीयताको अधिकारबारे । विगत साढे एक वर्षदेखि मधेशतिर रहेकाले पहाडी संवेदनाले मधेशलाई हेर्दथे । पहाडको जनजाति भएकाले २७ प्रतिशदमा परेर यता आएको थिए । त्यहि बेलामा रूपको कुरा भइरहन्छ । म यो वहुअर्वे समाजमा अलग मान्छे भएको छु ।

कक्षामा पढाउँदै गर्दा कहिलेकाही आउने एक विद्यार्थीले थेप्चे नाक, चिम्से आँखा र बोक्चे गाला मन नपरेको बताउँदै गरेको सुने । रिसको फोहोरा छुट्यो । तैपनि छाला आफ्नो भन्दा राम्रो भएको सुनेपछि रिश आधा गायब भएछ ।
मेरो घमण्ड गायव यार । म स्कूलकै सुन्दर ठान्थे । रंग मेरो छालाको धेरैले प्रशंशा गरेका थिए ।

एक पटक विदा कटाउन सदरमुकामतिर लागे । आफूजस्तै साथीहरू देखेर खुशी भए । गोपाल श्रेष्ठले मनको मैलो फाल्न सहयोग गर्नु भो । बम्जन, योञ्जन र दाहाल सरहरूले रिट्रिट दिनु भो । म हौसिए, विभेदका बाह्रखरी यहीनिर देखिए, सिकिए । सबैजना सरूवा नपाएर थन्किएका पायनदार हतियारहरू थिए । यिनको शैक्षिक योगदानको लागि पहाड कुरिरहेको थियो, सुहागमा झै । आयोगबाट भिडेर आएकाहरू यतै थिए शत प्रतिशत खुशी कोही पनि थिएन । म त झन स्कूल बङ्क गर्ने मन लिएर पुगेका थिए । सबैले कुरा दोहो¥याएर बोले, “यहाँ पहाडी हुनु आधा राम्रो, नियमित हुनु आधा राम्रो, वफादार र पूरा पिरियड पढाउनु त २२० प्रतिशत राम्रो हो ।” बाफरे रूपले नै राम्रो बनाउने रहेछ मख्ख परे म । राजदरवारमा कमी होला तर यहाँ !!

सामन्यतया सरूवा सहमति दिनु पथ्र्याे तर दिइएन । सहमती नदिएको झ्वाँकमा हेडसर सँगको मानोमा लिन्यका कारण राजिनामाको मूड बनाएर सल्लाह लिन मलङ्गवा आएको थिए । मलाई उत्प्रेरणा दिदै श्रेष्ठजीले, “हामी कसैको कृपा वा अनुग्रहमा छनौट भएका होइनौ । टिका लगाएर वा पावर लगाएर स्थायी भएका होइनौ । हजारौमा एक भएर सफल भएका हौ” भन्दै ढाँडस दिनुभो । हुन पनि मैले विज्ञापन संख्या र आवेदन दिनेको तथ्याङ्क सम्झिए हो नै । रवि मगरजीको सुझाव र सल्लाह समेतलाई ख्याल गरी फर्किने निधो गरे । साँच्चै म पनि सफल मध्यको एक ।

“उनीहरूको चाला त्यस्तो छ र पो राहत, पिसिएफ वा अन्य नाममा शक्तिकेन्द्र धाएर जागिर जोगाउनु परेको छ । जसले जे जान्या छ त्यही न गर्छ । हामी जित्ने मध्यका हौ, तव न उनको स्थानीय लेबलमा आएर रूचाएका छौ” यस्तै–यस्तै थप्दै हुनुहुन्थ्यो सरहरू । म सहमत भए, चित्त बुझाए ।

अनि सोचे, अब २४ किमी जानुपर्छ फर्केर । शनिबार गाडी नचल्नाले कसरी फर्कने चिन्ता मै सुते ।
गाउँकै एक भाई तालिमे इन्स्पेक्टर भई मलङ्गवामा थिए । उनी हेटौडा फर्किएछन् । अरू सरहरू पनि ६ बजे स्कूल पुग्नुपर्ने हुनाले मैले अनुरोध गर्न सकिन ।

बरू ४–६ किमी हिडेर फुलपरासी पुग्न कसिए । जहाँ म कार्यरत स्कूलका एक सर बस्नु हुन्थ्यो ।
मलङ्गवाबाट हिड्ने बेलामा बाटामा कोही न कोही भेटिएला भन्ने थियो । कसैले लिफ्ट देलान् भन्नेमा ढुक्क थिए । हिड्दै जाँदा धेरै पटक धेरै मोटरसाइकललाई हात दिए, उसले बाइक स्लो गथ्र्याे म स्पिड बढाउँथे ऊ मेरो अनुहार नियाल्दै नियाल्दै अगाडि बढिहाल्थ्यो । यस्तो क्रम पचासौँ पटक दोहोरियो । तब म सोच्न पुगे मेरो रूप बेईमान ।

म पनि कालो वर्णको भा भए, नेपाली नबोलेर देहाती बोलेको भए, सभ्य भाषामा नरम स्वर नगरेको भए मैले लिफ्ट पाउँथे । वा मेरो मास्टर साथी बाइक स्टार्ट गरेर आउँथेकी ?

करिव ३ घण्टे अवधिमा क–के सोचँे के–के । यसले मलाई बिरानो ठाउँ भन्ने सोचमा बल पुग्यो । अन्तत्वगत्वा एक लिटर पेट्रोल हालीदिने शर्तमा विद्यालयसम्म पुगिने भो । तर बाटैमा पन्चर भएर मैले १ किमी जति हिड्नु प¥यो ।
अनेक भोगाइले महसुस गर्न बाध्य छौ की ! यहाँ मेरै रूप बेइमान हो ।
धादिङबेसीबाट प्रकाशित भाद्र २० गतेको सूचक सन्देशबाट साभार