बेल्जियम भाद्र २० । गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकाल २०१७–२०१९ का लागि अध्यक्षका उम्मेदवार लोक दाहाल अध्याधिक मतका साथ विजयी हुनु भएको छ ।
बिजयी अध्यक्ष लोक प्रसाद दाहालले ११८३ मत प्राप्त गरेका थिए भने अर्का अध्यक्षका प्रत्यासी सन्तोष जोशीले ९४१ मत प्राप्त गरेका थिए।
धादिङ बुढाथुमका दाहाल नेकपा माओवादी केन्द्र, बिप्लव समूहको नेपाल कम्युनिष्ट पार्टी, राप्रपा, संघिय समाजवादी फोरम को सहयोगमा अध्यक्षमा उम्मेदवारी दिनु भएको थियो भने अध्यक्षका प्रत्यसी सन्तोष जोर्शी नेकपा एमाले र नेपाली कांग्रेस तर्फबाट उम्मेदवारी दिनुभएको थियो ।
यस चुनावमा icc सदस्य शरु चापागाईंले अत्यधिक १३६५ मत प्राप्त गरेकी छिन् । अध्यक्ष लोक दाहाल गत कार्याकालमा महासचिब हुनुहुन्थ्यो भने वहाँ लामो समय देखि श्रीमान श्रीमतीनै व्यक्तिगतरुपले पनि समाजसेवामा निस्वार्थ भावले सक्रिय हुनुहुन्छ ।
विजयी उम्मेदवारहरु
अध्यक्ष: लोकप्रसाद दाहाल
बरिष्ठ उपाध्यक्ष: कमल पन्थी
प्रथम उपाध्यक्ष:गोबिन्द सिह अधिकारी
उपाध्यक्ष: खड्ग बहादुर के.सी., योगिता थापा
महिला उपाध्यक्ष:अनुजा प्रधान
महासचिव: आङ माया लामा
सचिव: प्रेम तिमिल्सिना, जीवन शर्मा
महिला सचिव: मुना ताम्राकार
कोषाध्यक्ष: दर्शन गुरुङ
युवा संयोजक: रविन पण्डित
महिला संयोजक: श्रीमती हरी भट्टराई
क्षेत्रीय संयोजक: कृष्ण सिम्खडा
क्षेत्रीय संयोजक: बाबुराजा लामा
क्षेत्रीय संयोजक: प्रदिप पौडेल
ब्रसेल्स क्षेत्रीय संयोजक: राम प्रसाद सापकोटा
क्षेत्रीय संयोजक: गोपाल दाहाल
क्षेत्रीय संयोजक: रुपा शाक्य
संयोजक: कुल बहादुर खत्री
सदस्यहरु:
चिज कुमार श्रेष्ठ, कुल बहादुर कार्की, किरण पुन, राजु घिमिरे, दीपक नेउपाने, आङबाबु शेर्पा, मिन दोर्जे थापा, दीपक राउत
महिला सदस्य निर्बिरोध: मैया नेपाल, सिता के.सी., कमला पुन, पेमा शेर्पा, बेञ्जु उप्रेती, मनरुपा लिम्बु, रिता श्रेष्ठ, शुसिला सुबेदी