संस्मरणः धादिङबेसी पुछारबजार पोष्टबाट गिरफ्तार

Avatar photo
Dhadingpost
आइतवार, भदौ १८, २०७४

वि.स.०५८ साल कार्तिकमा मध्यक्षेत्रमा जनासेनाको १६/१७ ओटा प्लाटुनको संरचन निर्माण भयो । १० नम्बर प्लटुनको धादिङ कार्यक्षेत्र थियो र कमाण्डर नुवाकोटको सुबश तामाङ थिए। यो प्लाटुनले स्याङ्जाको सदरमुकाम देखि गोरखाको ताकुकोटको लडाइँ सम्म सशक्त उपस्थिति जनायो । ताकुकोट पछी १० नम्बर प्लाटुनमा नुवाकोट र मकवानपुरको एक एक प्लाटुन मिलाएर स्थाई कम्पनीको गठन भयो । प्लाटुन कमाण्डर सुवास धदिङ पार्टी सेक्रेटरी भएर सरुवा भए भने सहायक कमाण्डरमा दिलिप बढुवा भए ।

कम्पनी कमिसार गंगा बहादुर तामाङ (कोसिस) कमाण्डर सबिन र सहयक कमाण्डर शैलेष यस्तै कम्पनी सचिव बबिन्द्र बने । म १० नम्बर प्लटुन हुँदै कम्पनी कार्यालय पुगेको थिए । ५९ माघको आधा तिर युद्ध बिरम भयो । हाम्रो योजना र हर्कत त्यहि अनुसार अगाडि जादै थियो । फागुन १२ गते कमाण्डरले सबिन र दिलिप म लगायत ३ जनालाई केहि दिनको लागि शहरी क्षेत्रको कामहरुको जिम्मेवारी दिए र केन्द्रीय सदस्य हितबहादुर तामाङलाई चिट्ठी लेखिदिनु भयो ।

हामी दार्खाबाट छुट्टीदै थियो तर म संग शहरी क्षेत्रमा लगाउने कपडा नै थिएन, कमरेड बिनयले मलाई कपडा दिएर सहयोग गर्नु भयो । भीषण संकटकालको अवधीमा हामीलाई अति अवस्यकिय कपडा पनि थिएन । बिहानै दार्खबाट हिडेको हामी खहरेमा खाना खाएर धादिङबेसी तर्फ लाग्यौ, त्यतिखेर गाडीको सुबिधा त्यति थिएन, जाँदै गर्दा रातमाटे भन्ने ठाउँमा एउटा मिनिट्रक चढियो । ८-९ जना यात्री बोकेको ट्रक गोला भञ्ज्याङमा ड्राइभर खाजा खाना २० मिनेट जति रोकियो ।

मलाई थाहा भएको भूगोलबारे साथीहरुलाई जानकारी गराए । गोलाभञ्ज्याङ देखि धादिङबेसी सम्मको नेपाली सेना र प्रहरीको जासुसी पोष्ट र सेना, प्रहरी र सरकारी कार्यालय बारे जानकारी गराए । युद्धबिराम थियोे त्यही भएर हामीमा चलाखी कम थियोे । मलाई चिन्ने एक जना पुलिसको जासुसीले हाम्रो हर्कतबारे रिपोर्ट गरेको रहेछ । आफ्नै गतिमा गाडी दौडिरहेको थियोे ।

धादिङको सदरमुकाम प्रवेश गर्ने पुच्छर बजारको पोष्टमा दिउँसो ४:१० गाडी रोकियो सैनिक र प्रहरीहरु हाइ एलर्ट देखे सबैलाई ओर्लिन आदेश गरे, साधारण रूपमै ओर्लिदै थियौं एक्कासि मलाई हात उठाउ भन्दै दुई सिपाहीले मलाई तुरुन्तै कब्जामा लियो । पुलिसको भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालयमा लगेर २ घण्टा शौचालयमा थुने त्यतिबेला म सङ्ग भएको चिट्ठीहरु च्यातेर शौचालयमा फाल्न भ्याईसकेको थिएँ । डिएसपी आए पछि बयान सुरु भयो, मैले युद्ध बिराम छ, किन अपहरण भनेर प्रतिबाद गरे, सेना पुलिस गाउँ जना नदिने अनि हाम्रो ब्यारेक सर्भे गर्ने भन्दै यातना दिन थाले । म माओवादी हो, तर बिद्यार्थी संगठनको मात्रै जिम्मेवारी भनेर बयान दिएको तर मेरो तीन पुस्ते र मेरो जिम्मेवारी सहभागी भएको लडाइँ सबै पुगिसकेको रहेछ । राती ८ बजे तिर ९ जना सैनिकहरु आएर मेरो अँखामा पट्टी बाधेर गाडीमा सैनिक ब्यारेक भित्र लगेर यातना दिए ।

मैले ब्यारेकको फोर्टिफिकेसन सर्भे गर्छ भनेर ब्यारेक भित्र रहुन्जेल अँखाको पट्टी खोलेन । बिहान उज्यालो हुने बेला फेरि पुलिसले जिप्रका लग्यो । केहि महिना अगाडी पुलिसको एक पेशेवर सुराकी माथी मेरो टिमले कार्वाही गरेको थियो । त्यो घटनाबाट भग्न सफल भएको पुलिसले मलाई चिनेर बदला लिन खोजिएको प्रष्ट भयो ।युद्ध बिराम चल्दै थियो, त्यही भएर होला त्यसपछि यातना र बयान लिने गरेन तर लगातार बन्दी बनार्इ रह्यो । त्यतिबेला धादिङ पार्टी ईन्चर्ज मोहन कार्कि (जिबन्त) र सह इन्चर्ज सेर बहादुर भण्डारी (ज्योति) थिए । देशभरी बन्दीहरु माथी लागेको झुटो मुद्दा खरेज हुँदै रिहा हुँदै थिए तर मलाई युद्धबिराम पछि बन्दी बनाईएको थियो । देशैभरी धरपकट भए पनि पार्टीले तुरुन्तै बिज्ञाप्ती गर्ने र पार्टीको पहलमा रिहा गरेको र बन्दीहरु सँग पार्टीले भेटघाट्को गरेको समाचार आईरहन्थ्यो । तर धादिङको नेताहरु भने त्यो बेला नतमस्तक भएर लठ्ठी रहेका थिए ।

उनीहरु अफु कसरी माथी पुग्ने त्यही ध्याउन्नमा रमाइरहेका थिए । हाम्रो बारेमा कुनै मतलब थिएन । मैले हिरासतबाट पार्टीलाई चिट्ठी समेत पठाएँ अब के हुन्छ भनेर । तर मेरो पार्टीको कुनै नेता कमण्डरले कुनै प्रतिक्रिया र पहल आएन । जेलमा परे पछि सकियो त्यतिबेलाको मानसिकताले हेर्ने नजर नकारात्मक न थियोे । त्यतिबेला धादिङ पार्टी र सेनाको नेतृत्वमा आत्मसुरक्षावादी ब्यक्तिगत महत्त्वाकांक्षी गलत सोचाइ र योजना काम कारवाहीमा अकर्मण्यताको विरुद्धमा अन्तरिक चर्को संघर्ष थियोे । म नेतृत्वको कडा आलोचक थिए । म यसको शिकार जेल गएर परे र बाहिर आए पपछि अझ पार्टी भित्र पनि कठिन पूर्ण अन्यायको विरुद्ध संघर्ष गर्नु पर्यो । यसको चोट धेरै पछि सम्मा सहनु पर्यो । अझै पनि यो कुराले बेला बेलामा सतार्इ रहन्छ ।

३६ औ दिनमा पुलिसको डिआइजी नाम बिर्से धादिङ भ्रमणको क्रममा हिरासतमा पनि आयो मलाई के केशमा हो भन्यौ मैले युद्ध बिराम पछि माओवादी केशमा त्यतिकै थुनिए र आज ३६ दिन भएको कुर राखे पछि डिएसपीलाई तुरुन्तै छोड्न आदेश दिए । पुलिसले मलाई जिम्मेवारी मान्छे बोलाउ भन्यो तर मैले कोहि पनि पाइन । घरमा चिट्ठी पठाएर ५१ औ दिनमा मेरो बुबा र गाउँको मामा आउनु भयो । बैशाख २ गते १४ हजार धरौटी राखेर ५१ दिनपछि बन्दीबाट मुक्त भएँ । हिरासतमा रहँदा सङ दोङ तामाङ नाम गरेको एक प्रहरी हवल्दारले धेरै सहयोग गर्नुभयो । सायद एउटै जिल्लाबासी र जातीय भावले होला भन्ने मेरो मनमा लाग्यो । उनी सङ छुटेपछि भेट भएको छैन । म उ बाट ऋणि छु, अबश्य भेट्ने छु एक दिन मैले सकेको सहयोग गर्ने छु । तारिखमा छुटे, जेलबाट छुट्टीएर हाल दिवङ्गत हुनु भएका पार्टीको बिश्वासिला धुँवाकोट काहुलेका प्रेम सरको घरमा पुगे ।

प्रेम सरले पहिला पार्टी सङ्ग भेटेर घरमा जना सुझाव दिनु भयो । मैले पार्टी संग नभेटी म घर जन्न भनेर जिद्दी गरे पछि बुबा र मामा घर जानू भयो । म जेल परेको कार्यकर्ता पार्टीले मलाई होइन मैले पार्टी खोज्नु पर्यो । बैशाख ४ गते बिमला सुवेदी र अरुण संग भेट भएपछि पार्टीमा पुगे । पुरानो टिम गुम्दीको साल्दुम भन्ने ठाउँमा सम्पर्क मिल्यो । मैले जेल बसाइ र आफ्नो कुरा राखे । टिमका साथीहरू सङ्ग भेट हुँदा हामीमा खुसीको सिमा थिएन । साथीहरूले खुसियालीमा खिर पकाए । धेरै साथीहरूको सरुवा,बढुवा भएको रहेछ । प्लाटुन कमाण्डर दिलिपले जेलबाट आएको हुन् ।

माथि कुरा राखिदिने कुरा गर्नु भयो । साथीहरू भेट्दाको खुशी सेलाउदै म भित्र पिडाको भारीले थिच्दै थियोे । मेरो कुनै जिम्मेवारी र हैसियत थिएन । दिनहरु बित्दै गयो । कम्पनी स्टाफको बैठक भयो तर मेरो बिषय नै प्रबेश नै भएन छ किनाकी मलाई त्यत्तिकैमा सिध्याउन चाहेक युनिट कमण्डरहरुको चहाना थियोे । युद्ध बिराम चलिरहेको हुँदा अभियान चलाउने बैठकले योजना बनाएछ । मैले मेरो बारेमा स्पष्ट नभए अभियानमा नजाने कुरा राखे । म स्वास्थको कारण देखाएर पुरा टिममा बसिन । मलाई यो के हो ? नत्र किन अपमान ? म प्रष्ट हुन चहनथेँ ।

मलाई थाहा हुँदै गयो सके सम्म कुनै कमजोरी भेटाएर कार्बाही गर्ने र सिध्याउने । मैले जेल पर्दा कुनै गल्ती गरेको थिएन र धेरै अनुसन्धान गरे । माथिल्लो निकाएबाट दुव्र्यवहार हुँदा साथीहरूको नजर पनि त्यस्तै हुँदो रहेछ । यसले झनै पिडाबबोध हुन्थ्यो । कमरेड किरण लगायत साथीहरुको सहयोग अबिस्मरणिय छ । मैले कम्पनी कार्यालयलाई सम्बोधन गरेर ४ पेजमा लेखेर आफ्नो कुरा दर्ता गरे। २०६० असारमा युद्ध बिराम जारी नै थियो । मेरो कुनै कमजोरी नभेटेपछि कम्पनी कमाण्डर सर्दुल र प्लटुन कमण्डर दिलिप मेरो बारे अफुहरुको बुझाइ गलत भएकोमा दुख लागेको र म सङ्ग माफी मागेको नाटक गरेर जेलमा भएको खर्चहरु मेरो परिवारलाई फिर्त गरे । त्यसपछि सेक्सन कमाण्डर घोषणा गरेर कम्पनी कार्यालय थन्क्यायो । तर ब्यवहारले भने लामो समय कार्वाहीको स्वरुप देखाई रह्यो ।

यी दिनका स्मरणहरु मानसपटलमा आज पनि जस्ताको तस्तै ताजा रहि रहेको छ । हामी के का लागि युद्धमा गएका थियौँ, किन हजारौ सहयोद्धाहरुले बलिदानी दिए, वेपक्ता भए, अंगभंगको दैनिकी गुजारी रहन वाध्य पारे । मनभित्र गम्भिर बहसहरु पैदा हुने गर्दछन् । हिजोका केहि गलत पात्रहरु आज पनि राजनीतिमा हालि मुहाली गरि रहेका छन्, विचार र दर्शन एकातिर व्यवहार अर्का तिर भएपछि हामी युद्धकालिन कार्यकर्ताहरु घाँढो भएको छ । माओवादी केन्द्रको लज्जास्पद चुनावी हार यहि कारण हो ।
कमान सिङ तामाङ (जितेन्द्र)
हाल: दक्षिण कोरिया