धादिङबेसीमा प्याब्सनले जनप्रतिनिधीहरु सँग आज सवाल जवाफ गर्दै

Avatar photo
Dhadingpost
बुधबार, असार २८, २०७४

धादिङबेसी असार २८ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन प्रदेश नं. ३ ले आज धादिङबेसीमा निर्वाचित जनप्रतिनिधीहरु सँग सवाल जवाफ गर्ने भएको छ ।

धादिङबेसी स्थित चिल्ड्रेनपार्क आवासीय मावि प्राङ्गणमा संघियता कार्यान्वयनमा देखिएको नीजि शिक्षा चासोका विषयमा निर्वाचित जनप्रतिनीधि सँग प्यवाब्सनले सवाल जवाफ गर्न लागेको हो ।

प्याब्सनका केन्द्रीय कार्य समितिका उपाध्यक्ष दिपिका थापाको उपस्थितिमा हुने उक्त नीजि शिक्षा चासोका विषयमा निर्वाचित जनप्रतिनीधि सँग हुने छलफल कार्याक्रम आज (बुधबार) दिनको ठिक ११ बजेबाट सुरु हुने प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकीले धादिङपोष्टलाई बताउनु भयो ।

जननिर्वाचित प्रतिनिधीहरु र सरोकारवाला निकायको उपस्थितिमा हुने उक्त कार्यक्रममा सहभागीताको लागि सबैमा धादिङका अध्यक्ष बुढाथोकीले अग्रह समेत गर्नुभयो ।