नुवाकोट असार १६ । गाउँ पर्यटन प्रबद्र्धन मञ्च भिटोफ नेपालले यो वर्षको रोपाईं महोत्सव नुवाकोटमा धान रोपाई गर्दै मनाएको छ ।
हरेक वर्ष १५ असारको दिन पारेर रोपाईं महोत्सवको आयोजना गदै आएको भिटोफले यो वर्ष सातौं रोपाईं महोत्सव नुवाकोटको शिवपुरी गाउँपालिका अन्तर्गत बुढीशेरामा धान रोपाई गर्दै मनाएको हो ।
असार १५ गते अर्थात जुन २९ तारिखका दिन नुवाकोट शिवपुरी बुढीसेरामा विशेष कार्यक्रमको आयोजना स्थानियको सहयोगमा धानरोपाई गर्दै महोत्सव मनाईएको भिटोफ नेपालका अध्यक्ष कमल सापकोटाले धादिङपोष्टलाई बताउनु भयो ।
महोत्सवमा साँस्कृतिक कार्यक्रम सहित रोपाईं गरिएको थियो भने टानका अध्यक्ष चन्द्र रिजाल समेतको सहभागितामा नुवाकोट बुढीशेरा अवलोकन गरिएको सापकोटाले बताउनु भयो ।
ग्रामिण उत्पादन र उत्पादकले प्रोत्साहन र गाउँ पर्यटनको प्रवद्र्धकोको लागि महोत्सवको आयोजना गरिएको कार्यक्रम धेरै रमाइलो र अर्थपूर्ण रह्यो अध्यक्ष सापकोटाले बताउनु भयो ।