नेपाली भाषा तोडमोड गर्न पाइँदैन– प्रा.डा. लुइटेल

Avatar photo
Dhadingpost
शनिबार, असार १०, २०७४

धादिङबेसी असार १० ।  मानक नप्राध्यापक डाक्टर खगेन्द्रप्रसाद लुइटेलले नेपाली भाषामा बल्झाइएका समस्या र समाधानका उपाय बारे सहजीकरण गर्दै भाषा मानव समुदायको सम्पत्ती भएको बताउनु भएको छ ।

धादिङबेसीमा आयोजित मानक नेपाली भाषा प्रयोग विषयक कार्यक्रममा प्रा.डा. लुइटेलले १२ पेज लामो कार्यपत्र प्रस्तुत गर्दै नेपाली चलन चल्तीको नेपाली भाषा तोडमोड गर्ने अधिकार कसैलाई नरहेको बताउनु भएको थियो ।

जिल्लाका नेपाली भाषाका शिक्षकहरुलाई प्रशिक्षित गर्ने गरि आयोजित उक्त १ दिने अभिमुखिकरण कार्यक्रमा सहजिकरण गर्दै प्रा.डा. लुइटेलले भाषाको वर्ण विन्यास कोशसँग सम्बद्ध पक्ष भए पनि भाषामा कोश, व्याकरण र प्रयोग पुरै बेग्ला बेग्लै बाटो नहिड्ने बताउनु भएको थियो उहाँले कोशमा एउटा प्रविष्टि दिएर व्याकरण अर्कै हुन्छ भन्नु र त्यसभन्दा भिन्न ढङ्गले प्रयोग गर्नु झनै निरर्शक हुने बताउनु भयो । भाषा परिवर्तन शिल भएता पनि यसका नियमहरु समय परिस्थिति, प्रयोग र आवश्यकता अनुरुप बेला बेलामा परिवर्तन हुन सक्छन् यो भाषाको नैसर्गिक गुण हो तर परिवर्तनका नाममा स्थापित मुल्यमान्यता पुरै भत्काउन पाइदैन भन्दै प्रा.डा. लुइटेलले यस तर्फ चनाख रहन शिक्षकहरुलाई आग्रह गर्नुभएको थियो ।

नीलकण्ठ नगरपालिको आयोजना र भानु प्रतिष्ठान, प्याब्सन धादिङ, नेशनल प्याब्सन धादिङको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा प्राध्यापक डा. मोहनप्रसाद तिमल्सिना, रामनाथ अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।