नेपाल र यमनको खेल बराबरीमा टुङ्गियो, अब नेपाल फिलिपिन्ससँग खेल्ने

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ ३०, २०७४

काठमाडौं जेठ ३० । एएफसी एसियन कप छनोटमा नेपाल रयमन गोलरहित बराबरी खेल्दै सकिएको छ ।

मंगलबार भएको होम म्याचमा नेपालले यमनसँग गोलरहित बराबरी खेले सँगै १-१ अंक बाँड्दै आजको खेल टुङ्गिएको हो ।

सशस्त्र प्रहरीको हलचौक मैदानमा भएको खेलमा दुबै टोलीले गोल गर्ने केही अवसर खेल फालेका थिए । नेपालका गोल किपर किरण चेम्जोङले केही उत्कृष्ट बचाउ गरेका थिए भने यमनका गोलकिपरले पनि उत्कृष्ट खेल प्रस्तुत गरे ।

पहिलो खेलमा फिलिपिन्ससँग ४-१ ले पराजित भएको नेपालले अर्को खेल ताजकिस्तानसँग खेल्नेछ ।

मंगलबारको खेलपछि समूह एफमा रहेको नेपाल एकसहित तेस्रो स्थानमा छ । यमनसँग ४ अंकसहित शीर्ष स्थानमा उक्लिँदा फिलिपिन्स ३ अंकसहित दोस्रोमा छ भने अंकविहीन ताजकिस्तान पुछारमा छ ।