धादिङ जेष्ठ २८ । नेपाल र यमनबीचको खेल आगामी मंगलबार हुने भएको छ । एसियन कप छनोट फुटबल अन्तर्गत मंगलबार काठमाडौंमा खेल हुने भएको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाले काठमाडौंको हल्चोकस्थित एपीएफ मुख्यालयको मैदानमा हुने खेलका लागी ई–सेवामार्फत एक हजार रुपैयाँका दरका सात सय टिकट बिक्री गर्ने जनाएको छ ।
सिमित क्षमता र सुरक्षाका दृष्टिाले जम्मा सात सय टिकट मात्र बिक्री गर्न लागिएको एन्फाको भनाइ छ । एसिया कप छनोटअन्तर्गतको पहिलो खेलमा नेपालले फिलिपिन्समा घरेलु टोलीसँग ४ – ० को पराजय भएको थियो ।