त्रिपुरासुन्दरीमा एमालेका शम्भु थापा विजयी

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ ४, २०७४

धादिङ जेष्ठ ४ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिकामा नेकपा एमालेका नेता तथा गाउँपालिका प्रमुख पदका उम्मेदवार शम्भु थापा विजयी हुनुभएको छ ।

नेपाली काँग्रेसका नेता बासु तिमल्सिना सँग प्रतिस्पर्धा गरेका थापाले मत ल्याई विजय हुनु भएको थियो ।

तीन पार्टी ३ जिल्ला नेताहरु, नेपाली काँग्रेसका बासु तिमल्सिना, एमालेका शम्भु थापा र माओवादी केन्द्रका विजय बुर्लाकोटीले प्रमुख पदको लागि प्रतिस्पर्धा गरे पनि अन्तिम सम्म आउँदा थापा र तिमल्सिना विच कडा प्रतिस्पर्धा भएको थियो ।

प्रमुख पदमा एमालेका शम्भु थापा र उपप्रमुखमा नेपाली कांग्रेसकी देवीकुमारी पाण्डे विजयी भएका हुन् । विजयी थापाले नेपाली कांग्रेसका पुराना नेता वासुदेव तिमिल्सिनालाई ४ हजार ७० मत प्राप्त गरी पराजित गरेका छन् ।

प्रमुख पदमा थापाका प्रतिद्वन्दी तिमिल्सिना पनि झिनो मतले पराजित भएका छन् । उनले ३ हजार ९ सय ६१ मत प्राप्त गरेका थिए । उपप्रमुख पदमा नेपाली कांग्रेसकी उम्मेदवार देवीकुमारी पाण्डेले ३९९० मत प्राप्त गरि विजयी भएकी छिन् भने प्रतिद्वन्द्वी एमालेकै कृष्णकुमारी थापाले ३८९६ मत प्राप्त गरेकी थिईन् ।