धादिङ बैशाख २४ । नेपाली काँग्रेस धादिङले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै धुनीबेसी नगरपालिमा उम्मेदवारले प्रयोग गर्दै आएका गाडीमा गरिएको आगजनीको भत्सर्ना गरेको छ ।
बैशाख २३ गते राति करिब १०ः३० बजेदेखि ११ः४५ बजेको नेपाली काँग्रेका उम्मेदवारहरुले प्रयोग गरि रहेको बा २ प १२७६ महिन्द्रा बोलेरो गाडी र बा ३ प १७०३ जिप्सी गाडी गरी २ वटा गाडी जलाएर ध्वस्त पारिएको घटना निदनीय भएको भन्दै विज्ञप्ती मार्फत भत्सर्ना गरेको हो ।
नेपाली काँग्रेस धादिङले घटनाका दोषीहरुलाई पहिचान गरी तुरुन्त कानुनको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।